अनोज रोक्का

२० डिसेम्बर २०१६

न्डै एकसाता लामो हङ्कङ बसाईको क्रममा भेट्टिए चर्चित निर्देशक रामबाबु गुरुङ्सँगै कलाकारद्धय दयाहाङ् राई र मेनुका प्रधान । चलचित्र पुरानो डुङ्गाको हङ्कङ प्रर्दशनका लागि निर्देशक सहित कलाकारद्धय हङ्कङ आएका हुन् ।

मुलुकमा मिश्रित प्रतिक्रिया पाईसकेको चलचित्र पुरानो डुङ्गालाई हङ्कङेली दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए । सांगितीक प्रतिष्ठान नेपाल ईटहरी सुनसरी निर्माण सहयोगार्थ प्रर्दशन गरिएको फिल्मलाई हङ्कङेली युवा रविन घले, अरुण राई र जीवन गुरुङ्ले संयोजन गरेका हुन् ।

यससँगै निर्देशक रामबाबु सहित कलाकारद्धय, हङ्कङ किरात राई यायोक्खाले आयोजना गरेको साकेला उधौली सँगै हङ्कङमा आयोजना भएका विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भए ।

तस्बिर : हरिहाङ् तिगेला