अनोज रोक्का
१९ डिसेम्बर २०१७
म्भवत नेपाली कलाकारहरु मध्ये राजेशपायल राई त्यस्तो कलाकार हुन्, जसले पटकौ पटक हङकङमा सांगितीक जादू प्रस्तुत गरिसकेका छन् । राई ईज किङ् उपाधी पाएका राजेशका हरेक प्रस्तुती धमकेधार बन्ने गर्छ ।

हङकङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यसपटक राजेशसँगै नेपाली संगित र कलाकारिताका धरणीहरु समेत हङ्कङ आउँने भएका छन् ।

किरात राई चाम्लिङ् खाम्बातिम हङकङको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम पारुहाङ साँझ दोश्रोमा नेपाली माईकल ज्याक्सनको उपाधी पाएका पप गायक धिरज राई, गायिका बेनुका राई, तायाहाङ्मा राई, मीना राई, हाँस्यकलाकार पार्वन राई (राई बुढा), दमन रुपाखेती, कार्यक्रम सञ्चालक जितकुमार राई, पिबिता पुमा लगायतको प्रस्तुती समेटिने छ ।

हरेक बर्ष आयोजना गरिने पारुहाङ् साँझ यसपटक सुप्तुलुङ् खिम (चुला घर) को सहयोगार्थ आयोजना गरिएको हो ।

याउमा तेई स्थित कम्युनिटी हलमा २५ डिसेम्बर बेलुकी ६ बजेबाट सांगितीक धमाका हुनेछ, कार्यक्रमका संयोजक जय चाम्लिङ् राई बताउँछन् । नेपाली संगितसँगै सकारात्मक कामका लागि सम्पूर्ण समुदायको साथ र सहयोग भरपूर रहनेछ उनी सुझाउँछन् ।