किशोर श्रेष्ठ
पुस ६,उर्लाबारी मोरङ
र्लाबारी –६ की मुटु रोगी पुजा परियार (२५)ले उपचारका लागी आर्थिक सहयोगको अपिल गरेकी छन् ।
 
आर्थिक अवस्था दयनिय भएकी उनी यतिबेला विराटनगरको नोवेल हस्पिटलमा जिवन र मुक्तसँग लड्दै छिन् । अचानक खुन छाद्न सुरु गरेपछि स्थानीय हस्पिटल पुर्याइकी उनलाई त्यहाँबाट नोवेल लग्न डाक्टरले सुझाव दिएका थिए । नोवेलले उनको मुटुको अप्रेसन गर्नूपर्ने सल्लाह दिएको उनका मामा विर्ख राईले जानकारी गराएका छन् ।
 
राईका अनुसार अप्रेसनमा ५ लाख खर्च लाग्ने भएपनि आफूहरुसँग एकपैसा पनि नभएकाले भान्जीको उपचार कसरी गर्ने भन्ने समस्याले दिनरात पिरोलेको छ । पहिलो चरणको उपचारमा नै भएको सबै पैसा सकिएकाले अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता उनको परिवारमा छ । सबैको सहयोग भइदिए भान्जीले नयाँ जिवन पाउने आसा सहित सबैलाई सहयोगका लागी उनले अपिल गरेका छन् । उनले भने, जीवन जिउने रहर कसलाई पो हुन्न तर गरिवीका कारण मेरो भान्जी यतिवेला जिवन र मरणको दोसादमा छिन् हजुरहरुको सानो सहयोगले पनि भान्जीले नयाँ जिवन पाउँनेछिन् कृपया सकेको सहयोग गर्दिनू होला ।
 
सानैदेखी मावालामा बस्दै आएकी उनको परिवार अरुको घरमा काम गरेर गुजारा टार्दै आएका छन् ।
 
उनलाई सहयोग गर्न चाहाने जो–कोहीले पनि ९८१८७९५६७८९८११३२७७१५ मा सम्पर्क गर्न सक्नेछन् ।