अनोज रोक्का
२३ डिसेम्बर २०१६
निर्देशक भूपाल वान्तवा राईको निर्देशनमा रमाईलो प्रेममय गीतको छायाङ्कन सकिएको छ ।

अब्बल गायक रामचन्द्र काफ्लेको स्वर, शक्ति बल्लभको संगित, रामहरि अर्यालको शब्दमा तयार भएको गीतमा किशोरावस्थाको प्रेम र आकर्षणलाई भिडियोमा समेटिएको निर्देशक राई बताउँछन् । “हामीले हरेक नयाँ भिडियोमा दर्शकहरुका लागि केहि भिन्न गर्ने प्रयास गरेका छौ, रामचन्द्र काफ्लेको खारिएको स्वरलाई भिडियोले अझ रोमाञ्चक बनाउँने उनको तर्क छ ।

“पानी पर्यो तर्केर, छमछमी रुझी नाँचन” भन्दै भिडियोमा रोशु अधिकारी, अन्सु सुवेदी, आयुषा तामाङ्, सञ्जिव ढकाल, सुरज खड्का, प्रकाश थापाले रोमान्स गरेका छन् ।
पूर्वको चर्चित पर्यटकीय स्थल गोकुलम पार्क र हसिना सिमसारमा छायाङ्कन गरिएको भिडियो सुमन तामाङ्ले खिचेका हुन् ।

सम्पादन कक्षमा रहेको भिडियोलाई सङ्स नेपालबाट यहि साता सार्वजनिक गरिने छ ।