भोला भट्टराई

पौष ७ / २०७४ , कानेपोखरी रमाइलो

माइलो बजार आसपासमा विगत दुइ वर्षदेखि निकै सक्रिय देखिएको वाल एकता समूह उज्वल भविष्य वाल समूहले पौष ७ गते आफनो तेश्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समूहले नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गरेको थियो ।

माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी स्कुलको हाताभित्र सञ्चालन भएको वार्षिक कार्यक्रम दिउँसो दुइ वजे सुरु भएर साँझ ६ बजे समापन हुन्जेसम्म वालवालिका र महिलाहरु दिपाश्री निरौलाको प्रस्तुती हेर्न धैर्यताका साथ पर्खिरहेका थिए ।

कार्यक्रममा नेपालका सदावहार संगीतकार शक्ति वल्लभ श्रेष्ठ, गीतकार पारसमणि वराल, गायक सुमित खडका, गायिका अन्जु गौतम र भजन गायक मणिराज दाहालको एकै ठाउँको उपस्थिति एउटा दुर्लभ संयोग थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सन्चालित कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफले विशिष्ट अतिथिकोरुपमा रहनुभएको थियो ।

उज्वल भविष्य वाल समूहले गरेका विगतका सामाजिक कार्यहरुलाई मूल्यांकन गर्दै सामाजिक व्यक्तित्व हेमसागर खतिवडाले योे वाल समूहले गरेका कार्यहरु आजका युवाहरुका लागि पनि सिक्नु पर्ने सन्देशका रुपमा रहेको भनी प्रशंसा गर्नुभएको थियो । एविन पाठक लगायत रमाइलोवासी युवाहरुसमेत संरक्षक रही अगुवाइको अवसर पाइरहेको यस समूहलाई गीतकार पारसमणि वरालले आफना मातापिताको नाममा नगद पच्चीस हजार रुपैया सहयोग गर्र्ने वचन दिनुभएको थियो । जिल्लाको सुरक्षा समूहसहित उपस्थित प्रमुख जिल्ला अधिकारी आचार्यले यस वाल समूहका लागि आवश्यक पर्ने कुनै पनि सहयोगका लागि आफू सँधै तयार रहने वताउनु भयो ।

गाउँपालिका अध्यक्ष तारावहादुर काफललेले कार्यक्रममा वालवालिकाहरुको यो प्रयास र परिश्रमलाई प्रशंसा गर्दै गाउँपालिकालाई वालमैत्री गाउँपालिका बनाउने र निकट भविष्यमा वालवालिकाहरुको उत्थानका लागि ठोस योजनाका साथ वालवाटिका निर्माण गरिने प्रतिवद्दता जनाउनु भयो ।

कार्यक्रमका परिकल्पनाकार एवं संरक्षक एवीन पाठक र नवीन श्रेष्ठको नेतृत्व र सहजीकरणका साथ कार्यक्रममा समूहका सचिव मिलन विक र कोषाध्यक्ष रोशन खरेलले उदघोण गरेका थिए । तिहारको देउसी भैलोबाट संकलित रकमबाट साना वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरी सामाजिक कार्यमा अघि बढेको यस समूहले क्रमशः वालवालिका, वृद्दवृद्दा, अपांग, मठमन्दिर, वृद्दाश्रम, पिउने पानी व्यवस्थापन र वालवचत जस्ता सामाजिक कार्यहरुमा योगदान दिइसकेको छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले उज्वल भविष्य वाल समूहको संरक्षक भई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । यता संगीतकार शक्ति वल्लभले प्रश्तुत गरेको गीत उकाली ओराली गर्दैैमा दर्शकहरुले आनन्द लिएका थिए भने सुमित खडकाको राष्ट्रिय भावको गीतमा वालवालिकाहरुले नेपाली झण्डाकासाथ सहभागीता जनाएका थिए । गायिका अन्जु गौतमको लोक गीतले महिलाहरुलाई आनन्द दिएको देखिन्थ्यो ।

अन्त्यमा दीपाश्रीको हाँस्यव्यंग्यात्मक प्रश्तुतीमा उनका बुबाले पनि संगसँगै मन्चमा उभिएर दर्शक हँसाएका थिए । वालवालिकाहरुलाई नृत्यसँगसँगै रमपम चाउचाउका उत्पादकको तर्फबाट प्राप्त रमपम चाउचाउ दीपाश्रीको हातबाट पर्याप्त मात्रामा वितरण गरिएको थियो 

समग्र कार्यक्रमको प्रश्तुती र व्यवस्थापनमा भएका समान्य कमजोरीहरुलाई वालवालिकाको कार्यक्रम हो भनी स्वीकार्न सकिने र उच्च कोटीका कलाकारको उपस्थितिले दर्शक र सहभागीलाई सम्हाल्न सफल देखिन्थ्यो । अन्त्यमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो । आउने योजना भएर पनि समय तालिकाको समस्याले कार्यक्रममा उपस्थित हुन नसकेका हङकङ नेपाल महासंघका अध्यक्ष रीता गुरुङ र सल्लाहकार प्रदीप थापालाई समेत वाल समूहले सम्मान पत्र वाचन गरी आभार व्यक्त गरेको थियो ।