अनोज रोक्का
१ जनवरी २०१८

क्विज मेनिया सिजन ६ का लागि हङ्कङबाट एक टिम छनौट भएको छ ।

हङकङमा रहेका ३ वटा कलेजहरुबाट जम्मा ७ टिम सहभागी भएको छनौट कार्यक्रममा विभिन्न राउण्ड पार गर्दै एउटा टिम छनौट भएको हो । बैकल्पिक प्रश्नको राउण्डमा तीन टिम छनौट भएपनि ब्रजंर राउण्डमा एक मात्र टिम छनौट भएको हो ।

एक्रेटिभ मिडिया प्रा.ली.ले आयोजना गर्दै आएको नोवेल क्विज मेनियाले पाँचौ सिजनबाट कार्यक्रमलाई एसियन स्तरिय बनाएको छ ।

हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न छनौट कार्यक्रममा नेपालबाट क्विज मास्टर महानायक राजेश हमाल र एक्रेटिभ मिडियाका सिईयो हरि पोख्रेल हङ्कङ आएका थिए ।

छनौट भएका टिम र बिद्यार्थीहरु यहि जनवरी ६ तारिक फाईनल प्रतियोगिताको लागि नेपाल जानेछन् । फाईनल प्रतियोगिता जनवरी ७ देखी १३ सम्म कान्तिपुर टिभीमा प्रशारण हुनेछ ।

क्विज मेनिया हङकङ अडिसनको संयोजन डिटु ईन्टरटेन्मेन्ट हङकङले गरेको थियो ।