किशोर श्रेष्ठ
उर्लाबारी, १९ पुस

पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन – ५ को फाइनल राउण्डमा मोरङ उर्लाबारीकी होमा डाँगी पुग्न सफल भएको छिन् । सानैदेखी सँगीत क्षेत्रमा साधानरक्त उनी सात सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगीताको फाइनलसम्म आइपुगेकी हुन् ।

बिहानी कलाकेन्द्र उर्लाबारीमा सँगीत गुरु यसोदा शाक्यसँग सँगीतको अपौचारीक शिक्षा लिएकी उनले स्थानीय स्तरका विभिन्न साँगेतिक प्रतिस्प्रधाहरुमा सहभागीता जनाउँदै केही प्रतिस्प्रधाहरुमा विजयी समेत बनिसकेको छिन् ।

नेपाली साँगेतिक क्षेत्रमा भविष्य खोजिरहेकी उनलाई विजेता बन्न यतिबेला सक्दो भोटको आवश्यक रहेको छ । आफ्ना सबै स्रोता तथा शुभचिन्तकहरुलाई भोटका लागी उनले अपिल समेत गरेको छिन् । प्रतियोगीताको फाइनलसम्म आइपुग्दा उनले मिठासपूर्ण स्वरमा लोकप्रिय गीतहरु गाएर जर्जहरुको मन जित्न सफल भएको छिन् ।

उनलाई प्रतियोगीको बिजेता बनाउन मोवाईलको म्यासेज बक्समा गएर Pss(space) 14  टाईप गरेर 37272  मा पठाउनु पर्नेछ ।

प्रतियोगीताको भोटिङ आगामी माघ २६ गतेसम्म खुल्ला रहेकोे आयोजक पूर्वाञ्चल बागीना कलाकेन्द्र धरान, सुनसरीले जानकारी दिएको छ ।