अनोज रोक्का
३० डिसेम्बर / २०१६

ङ्कङ / बहुप्रतिक्षीत चलचित्र ‘पुरानो डुङ्गा’को दोश्रो शो हुने भएको छ ।

युङ्लुङ् थिएटरमा प्रर्दशन पश्चात दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मको दोश्रो शो यहि जनवरी ३१, २०१७ का दिन हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा हुनेछ । फिल्मलाई ब्लाक पिग प्रडक्सन हङ्कङले प्रर्दशनको संयोजन गरेको हो ।

“दयाहाङ् राईको क्रेज हङ्कङमा राम्रो भएकाले पनि फिल्मलाई दर्शकहरुको साथ मिलेको हो, विभिन्न कारणले फिल्म हेर्ने नपाएका दर्शकहरुलाई तारगेट गरेर हामीले फिल्मलाई पुन अर्को शो गर्न लागेका हौं, ब्लाक पिगका अध्यक्ष हरिहाङ् तिगेला बताउँछन् । पहिलो ‘शो’ बाट दर्शकहरुबाट पाएको माउथ पब्लिसिटीले पनि दोश्रो शो गजबको हुने उनको तर्क छ ।