अनोज रोक्का
३० डिसेम्बर / २०१६

गायीका देशु सुहाङ्को सुमधुर सांगितीक प्रस्तुतीसँगै “नाङ्जङ म्युजिकल नाईट” सम्पन्न भएको छ ।

हङ्कङ पान्थर मञ्चको अयोजना र सुहाङ नेम्वाङ् परिवारको संयोजनमा आयोजित कार्यक्रममा देशुलाई गायकद्धय रुकमान लिम्बु र दिपक लिम्बुले पनि साथ दिएका थिए ।

विभिन्न संघ, संस्थाका प्रतिनिधीहरुको उपस्थितमा सम्पन्न कार्यक्रमलाई मञ्चका सचिव मौसम ईम्बुङ् लिम्बु र रेश्मा सम्वाहाङ्फेले सञ्चालन गरेका थिए । हङ्कङ जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानिय गायक गायीकाहरुको प्रस्तुतीले पनि थप रौनक थप्यो ।

Pic by : Hari Hang Tegela (BlackPig Production Hong Kong)