कोशेली एचके ,

२२ जनवरी २०१७। हङकङ

NRNA HK को आयोजनामा च्यारिटी हाईकिङ २०१८ भर्खरै मात्र सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न संघसस्था प्रतिनिधीहरुको उपस्थिती संगै नेपालका लागि महाबाणिज्यदुत कमल प्रसाद दाहाल र अल्ट्रा रनर मिरा राईकोपनि उपस्थिती रहेको थियो ।

गत बर्ष २०१७ मा NRNA हङकङद्वारा बाग्लुङ जिल्ला अन्तर्गत जैमिनी नगरपालीका ९ मा स्वास्थ सिविर संचालन गरेको थियो । पुर्व एन आर एन ए हङकङ अध्यक्ष ललित सुब्बाको पहलमा शिविरमा ४३६ जना महिलाहरुको पाठेगर परिक्षण गरिएको थियो। जसमा हङकङबाट स्वास्थकर्मीहरुको टोली समेत सहभागि भएको थियो।
स्वास्थ परिक्षणको क्रममा १२ जना महिलाहरुलाई पाठेघर सम्वन्धि गंम्भिर समस्या देखिएको थियो । र तत्काल अप्रेल गर्नपर्ने अवस्था देखिएकोले ५ जनाको मात्र सफल अप्रेसन गरिएको थियो ।
बाक़ी रहेको ७ जना महिलाहरुको समस्या समाधान गर्नको लागि एन आर एन ए हङ्कङले यो च्यारेटि हाईक कार्यक्रम गरेको कुरा NRNA ,HK का अध्यक्ष टिका गुरुङले बताउनु भयो ।