गणेश पुर्हवछाने मगर

हङकङ, जनवरी २९ / २०१७

आईतबार याउमा तेई स्थित कम्युनिटी हलमा फाटेको जुत्ता चलचित्र प्रर्दशन गरिएको थियो ।चलचित्र फाटेको जुत्ता प्रर्दशनीबाट ५ लाख रुपैया संकलन भएको छ।
दुबै मृगौला खराव भएर उपचारको पर्खाईमा रहेकी ओमदेबीलाई भिरकोट आँठथर तमु समाजले पनि सहयोग रकम अभियान चलाएको थियो ।
कार्यक्रममा आयोजक एवंम नेपाली युवा संघका अध्यक्ष विक्की गुरुङ्ले पिडितकी आमालाई उक्त सहयोग रकमको डमी चेक कार्यक्रममानै हस्तान्तरण गरेका थिए । साथै समाजबाट संकलित रकम हङ्कङ डलर (१० हजार ८ सय ५६), समाजका सचिव मुककाजी गुरुङ्ले चलचित्र प्रर्दशनी कार्यक्रममै पिडितकी आमालाई हस्तान्तरण गरेका थिए ।

सौगात मल्ल, प्रियंका कार्की कास्ट रहेको बहुप्रतिक्षित चलचित्र फाटेको जुत्ताले हङ्कङमा प्रशस्त वाहवाही पायो । अर्जुनकुमार भेन्चर चलचित्रमा कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारहरुको जिवन्त अभिनय समेटिएको छ । चलचित्रको ‘आईएम सरी’ बोलको गीत प्रर्दशन अगावै दर्शकहरुमाझ चर्चित बनिसकेको थियो ।
बिशुद्ध मनोरञ्जनसँगै मानविताको लागि गरिएको काममा सम्पूर्ण हङकङबासीहरुको सकारात्मक सहयोग रहेको आयोजकले बताए ।