झापा । नेपालको पुर्वी जिल्ला झापाको सिमा नाका काकडभिट्टा ब्यस्त नाकाहरु मध्य एउटा मुख्य नाका को रुपमा लिन सकिन्छ । छिमेकी राष्ट्र भारतको बिभिन्न क्षेत्रमा आवतजावत गर्न सहज भएको हुनालेपनि यो नाकालाई बढि प्रयोग गरेको जानकारहरु बताउछन ।

हुनत प्राकृतिक सौन्दर्यले भरिएको ठाउ ईलाम कन्याम, पशुपतिनगर र दार्जिलिङलाई समेत यो नाकाबाट आवत जावत गर्दा निकै सहज हुने गर्दछ। यहाबाट सबैतिर यातायातको पहुँच सजिलै हुदा र भारतको अन्तराष्ट्रीय बिमानस्थलपनि नजिक पर्ने भएको ले यो चाप बढेको हुनसक्छ।

जनवरी २०१७ देखि डिसेम्बर २०१७ सम्म झापाको पूर्वी नाका काँकरभिट्टाहुदै हजारौ पर्यटकहरु आवत जावत भैरहेको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन कार्यालय काँकरभिट्टाका नायवसुव्वा कृष्ण प्रसाद सिक्देलले दिनुभएको जानकारी अनुसार
हालसम्म अष्ट्रेलियाबाट २ सय २२, अष्ट्रियाबाट १२, बंगलादेशबाट २ हजार २५, बेल्जियमबाट ३६, क्यानडाबाट १ सय ७०, चीनबाट २ सय ५९, डेनमार्कबाट १३, फ्रान्सबाट २ सय १२, जर्मनबाट २ सय ७, इजरायलबाट ३१, इटलीबाट ४२, जापानबाट १ सय १२ जना नेपाल भित्रिएकाछन।

त्यस्तै मलेसियाबाट ९०, नेदरल्याण्डबाट ५८, न्यूजील्याण्डबाट ४७, नर्वेबाट १०, सिंगापूरबाट ३२, श्रीलंकाबाट २, स्विजरल्याण्डबाट ६७, स्पेनबाट ७८, स्विडेनबाट ३२, दक्षिण कोरियाबाट ४ सय २०, ताइवानबाट ३९, थाइल्याण्डबाट ४०, सयुक्त राज्य अमेरिकाबाट ८ सय ८२, बेलायतबाट २ सय ९७, भुटानबाट १६ सय १६ र अन्य मुलुकबाट ४ सय ७२ भित्रिएका छन। यस्तै विभिन्न मुलुकमा कार्यरत ३ हजार ९ सय ६९ नेपाली पनि यो नाकाबाट नेपाल फर्किएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।