फेब्रअरी १ / २०१७
हङ्कङको तर्फबाट राष्ट्रिय महिला फुटबल टिम र नेपालको तर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) महिला टिम बीचको रोमाञ्चक प्रतिस्पर्धा हुने कुरा एन आर एन ए हङ्कङले प्रेस मिटको आयोजना गरि जानकारी गराएको छ।

चाईनिज नयाँ बर्षको अवसर पारेर गैह्र आवासीय नेपाली संघ हङकङले ‘लुनार कप फुटबल प्रतियोगिता २०१८’ आयोजना गरेको हो। उक्त खेल खेल्न नेपालबाट नेपाली टिमका टोलीहरु फेब्रुवरी महिनाको १९ कारिका दिन हङकङ आउने भएका छन।
नेपालबाट खेलाडी, प्रशिक्षक र अफिसियल गरि दम्मा १८ जनाको टोली आउने भएको छ। खेल हङकङ काउलुन क्षेत्रको मङकक् स्टेडियममा हुने छ । 

उक्त खेलकोलागि अनुमानित लागत १५० हज़ार लाग्ने छ। हङकङ नेप्लिज फूटबल एशोसियसन , नेपाली कन्सुलेट जनरल हङकङ र नेपाल वायुसेवा निगम प्रायोजकको रहने कुरा उक्त प्रेस मिटमा आयोजकको अध्यक्षले बताउनु भयो।

२९ वर्षको पछि हुन गईरहेको यो खेल को कार्यक्रम संयोजक दिलिपसिहं गुरुङले गर्नेछन । खेलका संयोजकले नेपालको महिलाफूटबल ले उल्लेखनीय विकास गरेको र दक्षिण एशियाली खेलमा नेपाली महिला फूटबल को स्थान दोश्रो रहेको उहाँले जानकारी गराउनुभयो ।