कोशेली एचके / काठमाण्डौ

२ फेब्रुवरी २०१८

गायनको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल गायक संगीतकार मविन्द्र राईलाई भ्रस्टाईल गायकको रुपमा चिन्न सकिन्छ । गीत तथा संगीतका मीठा र फरक शैलिका लोक, पप र आधुनिक गीतमा आफ्नो स्वर संगीत दिएर यो क्षेत्रलाई स्रोताहरुको मन जित्ने उनको प्रयास निरन्तर जारी छ। 

हाल सम्म तिन चार दर्जन जति गीतहरुमा स्वर तथा संगीत दिएका गायक मविन्द्रले गीत संगीतमानै आफ्नो भविष्य देखेको बताउछन। आफुलाई अलिक पृथक किसिमको गायनसैलि भएको गायकको रुपमा स्थापित गराउने उनको चाहना रहेको छ । हाल सम्म बिभिन्न किसिमको गीतहरुमा स्वर र संगीत दिएर छुट्टै परिचय बनाउने दौडमा आफुलाई उभियाउने उनको लक्ष्य रहेको छ।

बाल्यकाल देखिनै नाच्न गाउन रुचाउने स्वभाव ,  उनको गीत संगीत प्रतिकों लगाव र मेहनतको कारण नै आफुलाई यहा सम्म ल्याउन सकेको वताउछन ।
गीत संगीतमा भविष्य छैन भनेर निरन्तरता दिन नसक्ने गायक गायिकाहरुलाई आफु उदाहरण बनेर देखाउने उनको बिचार  कुराकानीको क्रममा बताए।

साङ्गीतिक कार्यक्रमकोलागि जापान, हङकङ ईजरायल र नेपालका बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिएर स्रोताहरुको मन जित्न सफल युवा गायक मविन्द्र हाल नया गीतहरु उत्पादन गर्ने र त्यसलाई युटुब च्यानल मार्फत स्रोता र दर्शकमाझ लैजान सुरुवात गरिसकेकाछन ।

हालै मात्र आफ्नै संगीतमा निर्माण हुनलागिरहेको “ तिमी नभए” बोलको गीतको तयारी भैरहेको जसमा लेडिज भोकलमा मोलिना राई र पुरुष तर्फ आफ्नै स्वर रहेको बताएकाछन छन। यो भन्दा अधि सेवारो , यो माया हो र माया जालैमा गीत गीतहरुले निकै चर्चा बटुलीसकेको छ।

गीत हेर्नकोलागि यहा क्लीक गर्नुहोस ।