अनोज रोक्का
जनावरी ६ / २०१७

हङकङ / खोटाङ् समाज हङ्कङले नवगायक सागर संसार राईलाई सम्मान तथा विदाई गरेको छ । समाजले एक कार्यक्रमको आयोजना गर्दै नवगायक राईलाई सम्मान गरेको हो । कार्यक्रममा गायक राईले आफ्ना चर्चित गीतहरु सुनाएका थिए ।

हङ्कङ स्थित कङ्गन रेष्टुरेष्टमा सम्पन्न कार्यक्रम छोटो समयमा आयोजना भएता पनि समाजका सम्पूर्ण सदस्यहरुको उल्लेखमय उपस्थित रहेको उपाध्यक्ष निकेश गुरुङ् बताउँछन् ।

खोटाङबाट काठमाडौंसम्मको यात्रा र निरन्तर कलाकारितामा सङघर्षरत सागर संसारलाई हौसला दिन पनि कार्यक्रमको आयोजना गर्नु परेको समाजका अध्यक्ष टिका कोई राईको तर्क छ ।

संगित कर्ममा सङ्घर्षरत सागर संसार चलचित्र प्रेमगीतको कभर गीत म यस्तो गीत गाउँछु गाएर चर्चामा आए, हजारौ प्रतिस्पर्धीलाई पछि पार्दै नगद १ लाख समेत हात पारेका सागर हङ्कङेली दर्शकहरुबाट पाएको अगाध माया र सद्भावले पुकलित भएको बताउँछन् भन्छन् मलाई संगित क्षेत्रमा जीवनभर लाग्ने साहस मिलेको छ ।

राई आधीखोला साँझ चौथोको लागि हङ्कङ आएका थिए ।