कोशेली एचके संवादाता ।

११ फेब्रुवरी २०१८ । हङ्कङ

यातायात व्याबस्थापनको क्षेत्रमा प्रभावकारी तथा सेफ्टी डा्राईभिङकोलागि जिरो एक्सिडेन्ट लक्ष्य अनुसार कार्य गरिरहेको हङ्कङको यातायात बिभाग निकै सक्षम निकायपन् हो । यहाँको काम गराई तौर तरिकाहरु र निकिनियमहरुलाई नजिकबाट नियाल्दा बास्तविकतासंग मेल खाएको नै देखिन्छ ।

जिरो एक्सिडेन्टको मतलव एक्सिडेन्ट नै हुदैन भन्ने चै हैन तर नियमकानुन , क्षमता र दक्षता अभिवृदिकोलागि सरकारी र समवन्धि भिभागले अत्यन्त संवेदनशील रुपमा हरेक कुरामा निगरानी गर्ने तथा प्रभावकारी तालिम तथा लाईसेनिको कुरामा कडिकडाउ गरेको नै पाईन्छ । यति हुदाहुदैपनि छिटफुट घटना भैरहेका छन । तर हालै मात्र उन्नाईस जनाको ज्यान जानेगरि भएको बस दुर्घटनाले पव्लिकहरुलाई संवेदनसिल वनाएको छ।
बस स्टपमा बस चढ्नु पुर्व एकपटक त्यो घटना याद आउने गर्दछ । यस्तै घटनाहरु मध्येको एउटा घटना हो हिजो भर्खरै भएको डबलडेकर बसदुर्घटना !हिजो सातीन देखि ताई पो आउने क्रममा ताइ पो रोड भन्ने स्थानमा डबल डेकर बस दुर्घटनाग्रस्त भएकोछ।
उक्त घटनामा उन्नाईस जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सत्रजना पुरुष र दुइजना महिला रहेका छन् । बाँकी चालीस जना घाईते भएका छन् ।

एपलडेलीले जनाएअनुसार यस्तो घटना यो पहिलो भने हैन । यो भन्दा अघिपनि २००३ मा डरलाग्दो सडक दुर्घटनामा चुनमुनको आकाशेपुलबाट डबलडेकर बस खसेको थियो । जहा घटनास्थलमै अठार जनाको मृत्यु भएको थियो ।डरलाग्दो सडक दुर्घटना २००३ मा चुनमुनको आकाशेपुलबाट डबलडेकर बस खस्दा पनि घटनास्थलमै अठार जनाको मृत्यु भएको थियो । भने २००८ मा साईकुङमा पनि भएको थियो ।