काठमाडौँ, ४ फागुन । शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गरेकाछन ।

“हामी हाम्रो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छौँ । संविधानले निर्दिष्ट गरेका मौलिक हकको प्रत्याभूतिका लागि सरकार सधैँ प्रतिबद्ध रहनेछ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को चाहनालाई पूरा गर्न सरकारले चाल्ने कदमप्रति सबैले खुलेर सहयोग गरिदिनुहुन्छ विश्वास मैले लिएको छु ।

उहाँले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भन्नुभएको छ, “अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो ।

प्राकृतिक स्रोत, साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मूल प्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।”

यहाँहरु सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु ”, सन्देशमा भनिएको छ ।