काेशेली एचके

२० फेब्रुवरी २०१८। हङकङ्

ईतवार विहनको १ बजे एकजना चाईनिज नागरिकको धेरै गतिमा चलाएको आफ्नोकार रुखमा ठोकिईदा कारसंगै जलेर मृत्यु भएको छ।
उक्त दुर्घटना हङ्कङको ताईपो क्षेत्रमा भएको हो । तिब्र गतिमा चलाएको कार एक्कासि रुखमा ठोकिएपछि चालकको छातीमा गहिरो चोट लागेकाे थियाे । एक जना बर्ष ४९ काे यात्रुले कार जल्नु भन्दा पहिले उनलाइ भित्रवाट निकाल्नलाइ मद्दत गरेका थिए । तरपनि शरिरको केहि भाग जलेको गम्भिर अवस्थामा हस्पिटल जैजादा लैजादै मृत्यु भएको हो।

गंम्भिर चोटलागेकारण उनको मृत्यु भएको जनाएपनि प्रहरिद्वारा थप अनुसन्धान भैरहेको जनाएको। छ। NG नाम गरेका  मृतक  कार चलाउन सौखिन ब्याक्ति रहेको बताईन्छ । उनले चलाएको कार र कारसंगै खिचेको तस्विर यो भन्दा अघिपनि फेसबुकमा पोस्ट गरेको थिए। प्राप्त जानकारी अनुसार मृतकले चलाएको कार मोडल नम्वर WRX S4 को थियो । गत हप्ता मात्र सोहि कार संग खिचेको फोटो फेसबुकमा पोष्ट गरेको थियो ।

घटनाकाे वारेमा हङकङ प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 

फाेटाे साउथ चाइना पाेष्टबाट