अनोज रोक्का
बिगत १२ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको एल.जी नाईटको तेह्रै संस्करण यहि जनवरी ३०, २०१७ मा हुने भएको छ ।

हङ्कङ स्थित युङ्लोङ थिएटरमा आयोजना हुँने कार्यक्रममा चर्चित ब्याण्ड १९७४ ए.डी, वाईण्ड रिपर्जको डान्स गु्रप, गायक तथा संगितकार कालीप्रसाद बास्कोटा, हास्यकलाकार सन्दिप क्षेत्री, जितु नेपाल लगायतले धमाका मच्चाउँने छन् ।

युवा पुस्ताको ढुकढुकी १९७४ ए.डी मा नयाँ सदस्यहरुको आगमनसँगै भएको सांगितीक कैतुहलतालाई ब्याण्डले पुरा गर्नेछ । गत सिजन डान्स प्लसमा नेपालको प्रतिनिधीत्व गर्दै तहल्का मच्चाउँने वाईल्ड रिपर्जको प्रस्तुती पनि एल.जी नाईटको लागि बहुप्रतिक्षित बन्नेछ ।

“पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो”, “निर जहिल्यै रिसाउँने” जस्ता उत्कृष्ट सांगितीक श्रृजनाबाट चर्चामा आएका गायक तथा संगितकार कालीप्रसाद बास्कोटाको प्रस्तुतीले पनि हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाउँने आयोजकको दाबी छ । कार्यक्रममा सदावहार हास्य विधाका उत्कृष्टता सन्दिप क्षेत्री र जितु नेपालको धमाकेदार प्रस्तुती पनि प्रमुख आकर्षण रहनेछ । 

बिशाल गुरुङ्को प्रस्तुती एल.जी नाईटलाई हङ्कङका युवाद्धय चेतन गुरुङ् र हिमाल रानाले आयोजना गरेका हुन् ।