काेशेली एचके

१९फेब्रुवरी २०१८ । हङकङ

ङकङ फुटबल एसोसिएसन र एनआरएन हङकङको संयोजकत्वमा  ‘लुनार नयाँ वर्ष कप २०१८’ सम्पन्न भएको छ। Mongkok फुटबल रंगशालामा भएको उक्त खेलमा नेपालको सशस्त्र प्रहरी बल महिला फुटबल टोली र हङकङ राष्ट्रिय टिमले खेलेका थिए ।

दुइपक्षविच भएकाे मैत्रिपुर्णखेलमा सशस्त्र प्रहरी बल महिला टिमले हङकङ टिमलाई ३–१ ले पराजीत गरेको छ। ससत्रप्रहरीबल नेपालको टीमबाट मन्जली कुमारी योञ्जनको गोलले खाता खोलेपछि नेपाली टिमलाई थप हौसला मिलेको थियो।

तर दोस्रो हाफमा हङकङकाे राष्ट्रिय टिमकाे तर्फबाट हो मुई मेइले गोल गर्दै हङकङलाई बराबरीमा ल्याएकि थिईन । बरावरीमा भैरहेको खेलवामा पुन नेपालको तर्फबाट सशस्त्रकी सावित्रा भन्डारीले थप अर्को गोल गरेपछि नेपाली टोलीलाई अग्रता मिल्यो । त्यसकाे केहिसमयपछि पुन अर्काे गाेलले नेपाली टिमलाइ पुर्णरूपमा जित दिलाउन सकेकाे थियाे ।
मोङकोक रंगसालामा नेपाली टोलीलाई उत्साह प्रदान गर्न छ सात सयको हाराहारीमा नेपाली टिम समर्थकहरुको उपस्थिती रहेको थियो ।

बिषेशगरि हङकङ् का सामाजिक संघसंस्थाहरूकाे सकृयता र पहलमा याे पटककाे खेल निकै उपलब्धिमुलक भएकाे अायाेजकले जनाएकाछन ।