कोशेली एचके
२४ फेब्रुवरी २०१८ । हङकङ
हङकङमा सृखलावद्व रुपमा कार दुर्घटना भईरहेकाछन। गत हप्ता मात्र कार दुर्घटना हुदा एक व्याक्तीको मृत्यु भएको थियो । कार जलेर खरानि भएको थियो। त्यो सेलाउन नपाउदै हिजो दिनको ११ बजे विहान अर्को कार दुर्घटना भएर जलेको छ।
इटालियन मोडलको F355 बरलिनेट्टा चिङसा हाईवे को सातिन वाउन्ड फ़्लाई ओभरमा जलेर दुर्घटना भएको थियो। ईगलनेष्ट टनलतिर गैरहेको उत्तकार होईलाई स्टेट नजिक ११:०८ एम मा रोकिएपछि जलेको थियो।
हङकङ फाएर सर्भिस डिपार्टमेन्का अनुसार ७२ बर्षिय एक व्याक्ति कार जलेतापनि सकुसल रहेको जनाएको छ।

स्रोत एप्पलडेलीबाट