फाेटाे धनकुटा खवरबाट

काेशेली एचके

२५ फेब्रुवरी २०१८ । धनकुटा

योजक संस्था उद्योग बाणिज्य संघ धनकुटाले माघ २९ मा हुने भनेर स्थगित भएको महोत्सव पुन हुने कुरा बुधबार पत्रकार सम्मेलन गरेरे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष उमेश घिमिरेले धनकुटालाई राजधानी बनाउने आनदोलन र सहयोगी संस्थाहरु संगको छलफल,परामर्शका कारण पहिले तोकेको समयमा महोत्सव हुन नसकेको जानकारी दिए ।

‘कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र ब्यपार,समुन्नत प्रदेश नं. १ को आर्थिक बिकासको आधार’ भन्ने नाराका साथ सम्पन्न हुने उक्त महोत्सव १० दिन सम्म धनकुटाको टुंडिखेलमा सम्पन्न हुने छ । एक लाख लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राएर ३ करोड बराबरको कारोबार गर्ने लक्ष रहेको उक्त महोत्सवमा १ सय २५ प्रदर्शनी र २५ खाना गरी जम्मा १ सय ५० स्टलहरु रहने छ ।

महोत्सवका लागि १ सय १ मुल समारोह समिति र बिभिन्न १४ वटा महोत्सव उप–समिति गठन गरेर महोत्सव तयारीको प्रचार संयोजक बिजय सन्तोषी राईले जानकारी दिए ।अनुमानित ५९ लाखको लागतमा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ब्यपार निकासी केन्द्र काठमाण्डौं, उद्योग बाणिज्य संघ काडमाण्डौ, पर्यटन बोर्ड, स्थानिय निकाय र बिभिन्न ब्यसायीक संस्थाको सहयोग रहने छ ।

उक्त महोत्सवले धनकुटाको पर्यटकीय स्थल,घरेलु उत्पादनको बजार पहिचान,कृषि जन्य बस्तु तथा स्थानिय कला संस्कृतिको प्रवद्र्धन र एनटिआईएसमा रहेको बस्तुहरुको प्रचार गर्न सहयोग पुग्ने आयोजनकले जानकारी दिएको छ ।