कोशेली एचके संवादाता 

२७ फेब्रुअरी २०१८ । हङकङ

ङकङ स्थित किङ्स पार्कमा हङकङ नेप्लिज टेनिस सोसाईटीको आयोजित मेन्स डबल्स मेत्रीपूर्ण टेनिस सम्पन्न भएको छ। भने उक्त प्रतियोगितामा कोरियन टोली उत्कृष्ट बनेको छ । चिनिया नयाँ बर्षको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा नेपाली, कोरियन, चाईनिज टोली सहभागी थिए ।खेल शुरु हुनु भन्दा अगाडि गत १० तारिक सवारी दुर्घटनामा परि ज्यान गुमाएका १९ चिनियाँ मृतात्माको सम्झना गर्दै एक मिनट मौनधारण समेत गरियो । ग्रुप ए बाट रिक्की यू र चाल्स हान तथा बी बाट याईपी मून र यसडीतथा को कोरियन जोडी ले टप स्कोर गरि अल कोरियन फाईनल खेल भएको थियो ।
फाईनलमा पुग्ने दुबै कोरियन जोडीहरुको नेट गेम, डिफेन्सिव र कन्सिस्टेन्स राम्रो थियो । राउन्ड रोबिन चरण खेल्दा नेपाली जोडीको पावरफुल बेस लाईन ग्राउन्ड स्ट्रोकलाई कन्सिस्टेन्ट रिटर्न र नेट गेम भलि मार्फत एक्स्प्लोएट गरेका थिए ।
दुबै कोरियन जोडीहरुको फाईनल प्रतिस्पर्धात्मक रह्यो । अन्तत चार्लसका जोडीले मून र ली लाई ७ / ५ को अन्तरले जित हासिल गरेका थिए । बिजेता तथा उपबिजेता लाई आयोजकको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिएको थियो ।

गत महिना मात्र न्यु ईयर कप आयोजना गरेको सोसाइटीले लगत्तै फेरि अर्को प्रतियोगिता गर्नुको औचित्य के हो ? भनि सोधिएको प्रश्नमा सोसाईटीका अध्यक्ष मगेन्द्र राई भन्छन् – ‘संस्थाको थ्री एफ अर्थात फिटनेस, फन, फ्रेन्डशिपको अवधारणा अनुसार हामीले बिभिन्न गतिविधिहरु सन्चालन गर्दै आईरहेका छौ । हङकङ बहुराष्ट्रिय समुदायहरुको बसोबास गर्ने थलो हो । तसर्थ अन्य मुलुकका समुदाय सँग टेनिसको माध्यम द्वारा समधुर सम्बन्ध बढाउनु पनि हो । साथै अन्य समुदाय सँग खेल्दा हाम्रो खेल स्तर आकंलन गर्न तथा खेलको अनुभव बटुल्ने मौकाको रुपमा यो प्रतियोगिता आयोजना गरिएको छ ।’
अध्यक्ष राई स्वयं सर्टिफाईड टेनिस कोच भएकोले टेनिस सिक्न र खेल्न चाहने नेपाली समुदायलाई सोसाइटी मार्फत सिक्ने र खेल्ने ब्याबस्था गरिएको बताए । भने सोसाइटीले बर्ष भरी विभिन्न समुदायहरु सँग टेनिस प्रतियोगिता गराउदै आईरहेको छ । त्यसका अलावा सामाजिक र मानविय कार्यमा पनि उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ ।