कोशेली एचके

१ मार्च २०१८ । हङकङ
बैक अफ ईष्ट एसिया हेड क्वार्टर सेन्ट्रलमा हङकङ डलर ७० हज़ार नगद चोरी गर्ने ब्याक्तीलाई पक्राउगर्कोथ। अन्दाज़ि वर्ष ५७ को उक्त ब्याक्तीलाई बुधवार साँझ ७:५० बजे पक्राउ गरेको हो।
उक्त चोरी गर्ने व्याक्तीलाई पक्राउगर्नु पहिले निजले पिस्तोल देखाएर बैकको काउन्टरमा कर्मचारीबाट रातों ब्यागमा पैसा हालेर भागेको भिडियो भाईरल भएको थियो।
पक्राउ परेको व्याक्तीको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन । चोरी गरेको पैसा उक्त व्याक्तीबाट प्रहरीले फिर्ता लिएको छ भने उसले प्रयोग गरेको एयर गन भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार चोरी भएको बैक हङकङ आईलेणडको डेस वक्स रोड सेन्ट्रल नं १० रहेको जनाएको छ। भने त्य वियाक्तीको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ।