कातिर महिला अधिकारको संघर्षको आधुनिक इतिहासले शताब्दी नाघ्यो भने अर्कातिर प्रतिष्पर्धी सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरहरुजस्ता क्षेत्रमा महिलाहरुले आज पनि संघर्ष गरिरहेका छन्।

बाहिर सतहमा हेर्दा महिलाका सवालहरुमा समाज र राज्य प्रणालीमा पहुँच बढ्दै गएको देखिए पनि अझ थुप्रै सवाल अधुरा र अनुत्तरित छ।सामाजिक नियमका विभिन्न आयामहरुमा छोरी जन्मेदेखि नै विभेद र विषमता झेल्न बाध्य छन्। बालविवाह, छाउगोठ प्रथा, दाइजो प्रथा, सार्वजनिक जीवनमा महिलामाथि हुने विभेद, विभिन्न प्रकारका हिंसा, अन्य कुरीति र समान प्रकारको विकास तथा अवसरहरुबाट बन्चित हुनु परेको छ। नेपाली महिलाका सन्दर्भमा व्यवहारिक र नीतिगत कैयन सुधार र रुपान्तरणका काम बाँकी छन्।

समाजमा छोरी बन्ने बनाउने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन्। यदि यही विद्यमान परम्परा सामाजिक संस्कार र मान्यताको दृष्टिबाट छोरी र महिलाहरुको भविष्य अन्दाज गर्ने हो भने लाखौँ छोरीको जीवन अहिले पनि सम्भावित जोखिमभित्र छ।गरिब र विपन्न महिलाहरुका व्यवहारिक सवाल अनुत्तरित नै छन्। जीविकोपार्जन तथा रोजगारीका अवसर र महिलाहरुको विद्यमान सीप क्षमताको उपयोग हुन सकिरहेको छैन। अहिलेको आर्थिक मूलधारबाट आम महिलाहरु किनारा लागेका छन्। बहुसंख्यक महिलाहरुसँग परम्परागत निर्वाहमूखी कृषिबाहेक अन्य विकल्प छैनन्। आधा जनसंख्या ओगटेको महिलाहरुको यो आर्थिक बहिष्करणले देशको अर्थतन्त्र एकपांग्रे भएको छ।

समाजमा छोरी बन्ने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन्। महिलाको निम्ति प्रतिकूल विषम तथ्यहरु परिवर्तन गर्न छोरी तथा महिलाहरु स्वयं नै जागरुक हुनुपर्दछ।महिलाहरुको राजनीतिक अधिकार स्थापित गर्न प्रतिस्पर्धीभन्दा पनि आरक्षण र संरक्षण उन्मुख अभ्यास थालिएको छ। यसले महिलाहरुलाई नजानिँदो रुपमा फेरि पनि माग्ने र आशा गर्ने स्थानमा सीमित गरेको छ। यस प्रकारको संरक्षणमुखी र आरक्षणको प्रणालीले महिलाहरुको विद्यमान असमान हैसियतलाई संस्थागत बनाएको छ।

महिलाको परिचय र आत्मसम्मानको सवाल भनेको उनीहरु स्वयंले आर्जन गर्नुपर्ने विषय हो र यसको निम्ति राज्य तथा समाजले उनीहरुको प्रतिष्पर्धी क्षमता विकासको रणनिति बनाउनुपर्दछ।यी सबै विषमता र अनुत्तरित सवालका बाबजुद सकारात्मक सम्भावनाहरु पनि प्रसस्तै छन्। हाम्रो देशको आधा जनसंख्या (महिला) को श्रमको उचित प्रयोग हुन बाँकी छ। यदि आधा जनसंख्या महिलाको गुण्स्तरीय क्षमता विकास, उत्पादनमा अवसर र सहभागिता, प्रतिस्पर्धी सामर्थ्य, अनि आवश्यक दिगो रणनीतिहरु अपनाउन सकिएमा आर्थिक विकासमा नेपालले छिटटै छलाङ मार्न सक्दछ।

आगामी पिँढीका महिलालाई सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक नियमको परिमार्जन गर्न जरुरी छ। साँचो रुपान्तरण आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र सम्भव हुन्छ। महिलाको निम्ति प्रतिकूल विषम तथ्यहरु परिवर्तन गर्न छोरी तथा महिलाहरु स्वयं नै जागरुक हुनुपर्दछ। यसरी लडेर स्थापित गरिएको परिचयले मात्र एउटा आत्मसम्मानको जीवन निर्माण हुन्छ।

(नायिका तथा निर्मात्री रेखा थापा छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता पनि हुन्।)-देश सन्चारबाट

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

माया गर्ने जोडिहरुको भित्रि हृदयको झंन्कारलाई निकै मेहनतका साथ सब्दहरुलाई केलाएर र बिट बिटमा मायालुको साथ र एक अर्काले दिने समयको महत्वलाई संगितको माध्यमवाट निकै उचाई दिन खोजिएकोछ ।