कोशेली एचके
१२ मार्च २०१८ । हङकङ
हङकङमा डा. ईन्द्र बहादुर राईको श्रदान्जलि सोक सभा बिश्वनेपाली साहित्य महासङ्घ हङ्कङ् शाखाको मुख्य आयोजनामा सम्पन्न भएको छ।

बिनेसास हङकङ शाखाका अध्यक्ष चन्द्र मादेन आन्छन् को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि आदिबासी जनजाति महासङ्घ हङ्कङ्का अध्यक्ष , पत्रकार महासङ्घ हङ्कङ्का अध्यक्ष क़िसन राई रहेका थिए। बिषेश अतिथिमा नेपालबाट आउनु भएका उपन्यासकार , साहित्यकार लक्ष्मण राज सिटौला रहनु भएको थियो।

सह आयोजक साहित्य सृङ्खला हङकङ, समिक्षक समाज हङकङ , बिनेसास हङकङ साखा, नेपाली साहित्य प्रतिष्ठान हङकङ , जनजाति साहित्य समुह हङकङ , साब्लाबुङ प्रकासन हङकङ रहेको थियो ।
चुम्लुङ हिममा आयोजित कार्यक्रममा सहआयोजक नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेले स्वागत मन्तव्यको क्रममा स्व. राईको जीवनी संक्षिप्तमा राखेका थिए ।


प्रमुख अतिथि नेपाली भाषा तथा साहित्य परिषद्का अध्यक्ष किसन राईले डा . राईले शुरु गरेको साहित्यिक विचारलाई सहयोग पुग्ने गतिविधिले मात्र उनीप्रति साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए । श्रदान्जली सोक सभा कार्यक्रममा बिशेषगरि डा ईन्द्र बहादुर राईको सकरात्मक कार्यहरु उनले गरेका महत्वपुर्ण काम र नेपाली भाषा क्षेत्रमा गरेका योगदानकर्ता बारेमा मुख्य मुख्य बक्ताहरुले खुलेरै उहाको प्रसंसा गरेका थिए।

डा . राईले लेखेका कृतिहरु अध्ययन गर्ने र उनले कुन कु न विधामा आफ्नो लामो समय खर्चेर कृतिहरु सृजना गरेका छन त्यो अबका नया सन्ततिहरुले त्यो बाटो पछ्याउन सके साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए । कार्यक्रम संचालन  संङ्घका सचिव वल्लभ रोकाले गर्नु भएको थियो ।