१४ मार्काच २०१८ । काठमाडौं

नेपालको  उच्च शिक्षा हासिल गर्न समय विताउनु मात्र हाे, कलेज जानु भनेको वेरोजगारहरूलाई केही वर्ष अल्मलाउनुको मात्र हो ।
तिनका ९५ प्रतिशत शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन वर्वादी हो । विद्यार्थी दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् ।

अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । रोजगारी पाईन्छ भन्ने पनि छैन । पाए विदेश जाने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन । कठै, न चरित्र न ज्ञान न सीप न कला न साहित्य न भाषा न ईतिहास न भूगोल न अध्यात्म न विज्ञान प्रविधि न खगोल न मानवताको ज्ञानमा दख्खल । यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ त ।

हुनपनि ८० प्रतिशत भन्दा वढि डिग्री होल्डरहरु विदेशमा गएर सानो भन्दा सानो कामपनि गर्न नसक्दा कति सम्म लज्जित हुनु पर्दछ त्यो तितो यथार्थ हो। तेहि भएर नेपालको शिक्षा प्रणाली सुधार गर्न नसके यो अवस्थाले थप देश बिकासकोलागि आवस्यक पुर्वधार तयार गर्न अवस्य गार्हो हुनेछ ।