कोशेली एचके 

२५ मार्च २०१८। हङकङ 

२८ लाख हङकङेलीहरुलाई खुसिको खवर छ। आजै मात्र हङकङमा वसोवास गर्ने र निश्चित मापदण्ड भित्र पर्ने सबैलाई प्रति ब्याक्ति चार हजार डलर बाँड्ने घोषणा गरेको छ ।अर्थ सचिव पल चानका अनुसार आज घोषणा गरे अनुसार यो रकम ११ बिलियन डलर हुन जानेछ ।
१३८ बिलियन डलर मुनाफा रकम रहेर पनि निम्न वर्गलाई राहत दिने कार्यक्रम बजेटमा नल्याएको भन्ने आरोप लागेपछिन सरकारले यस्तो कदम चालेको बताईएको हो । तर यो प्रस्ताव कार्यवन्यनको लागि विधान सभामा पारित हुनु पर्नेछ ।

के के छन त मापदण्डहरु
# जसले अन्य खाले वृध्द, अशक्त आदि भत्ता नलिएको
# १८ वर्ष नाघेका हङकङ आइ डी होल्डर
# आफ्नो घर नकिनेको
# कर तिर्ने मापदण्डमा नपरेको हुनुपर्नेछ ।