३० मार्च २०१८ असम /भारत 
खिल असम मगर संघको पहिलो त्रयवार्षिक अधिवेशन असम राज्य गोलाघाट जिल्लाको उरियाघाट-शान्तिपुर स्थित गोर्खा सामुहिक भवनमा भव्यताका साथ् सम्मपन्न भएको छ |

उक्त अधिवेशनमा भारतको विभिन्न राज्यहरुबाट पाहुना तथा प्रतिनिधिहरुको राम्रो उपस्थिति रहेको थियो | अधिवेशनमा, संघमा आवद्ध सदस्यहरुले शोभा यात्रा निकाल्नुका साथै विबिध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । मगर खानाका परिकारहरु तथा मगरहरुले बनाएका विभिन्न सामानहरुको पनि प्रदर्शन गरिएको थियो |
अधिवेशन मै अखिल असम मगर संघद्वारा प्रकाशित स्मृतिग्रन्थ “झुरुम” को पनि, साहित्य अकादमी पुरस्कारले विभुषित साहित्यकार विर विक्रम राणाले विधिवत विमोचन गर्नु भएको थियो ।
उक्त अधिवेशनमा अर्को एउटा ऐतिहासिक काम पनि भएको छ | भारत भरि छरिएर रहेका मगरहरु र मगर संघ संस्थाहरुलाई एकतावद्ध गर्नको लागि भारतीय मगर समाज समिति देहरादुनका महासचिब श्री रवि रानामगर (गोवर्धन रानामगर) को अध्यक्षतामा १७ सदस्यिय समिति सहित “राष्ट्रिय मगर संघ, भारत समन्न्वय समिति” गठन भएको छ | उक्त समितिमा असम राज्य लगायत भारत भरीका विभिन्न राज्यहरुको मगर संघहरु सम्मिलित छन् जसमा उत्तराखंड, पश्चिम बंगाल, सिक्किम, मेघालय, मिजोरम, नागालैंड र अरूणाचल प्रदेश रहेका छन् | यो अधिवेशन तथा समन्वय समिति गठन, असमेलि लगायत भारतिय मगरहरूको इतिहासमा एउटा माइलखुट्टी बनेको कुरा भारतको विभिन्न राज्यमा रहेका मगर बुद्धिजीवीहरुको धारणा रहेको छ |

कार्यक्रममा अखिल असम मगर संघले पहिलो त्रयवार्षिक अधिवेशनमा असम लगायत भारत भरिबाट पाल्नु हुने सम्पूर्ण मगर तथा गैर-मगरहरु साथै मगर संघका प्रतिनिधिहरुलाई हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त गरेको छ |

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शनि, असार ९, २०७५