डा. उपेन्द्र देवकोटाको दुर्लभ क्यान्सर कहि उपचार हुन नसके म उपचार गर्नेछु । – सुवास सुब्बा

डा. उपेन्द्र देवकोटाको दुर्लभ क्यान्सर कहि उपचार हुन नसके म उपचार गर्नेछु । – सुवास सुब्बाScore 0%Score 0%

डा. उपेन्द्र देवकोटाको दुर्लभ क्यान्सर कहि उपचार हुन नसके म उपचार गर्नेछु । – सुवास सुब्बा

by | १७ चैत्र २०७४, शनिबार ०७:५२ | अन्तरवार्ता | 0 comments

कोशेली एचके ।

१ अप्रिल २०१८ । काठमाणडौ 

ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग गरिएको कुराकानी ।

अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ?
अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु ।

अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए ?
करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु ।
उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु ।
पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु ।
किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ ।
कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् ।
स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु ।

उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ?
जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ ।
पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४/५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ ।

निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ ।
वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८/१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु ।
कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ?
अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन ।
बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् ।
उपचारको लागि कहाँ–कहाँबाट आउछन् ?
अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् ।
आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् ।

तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ?
हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो । १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए ।
पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए ।
त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ । मान्छेहरुले नपत्याउला ? अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ?
हो, मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७/१८ वर्ष भयो । अहिले म उमेर ४७/४८ वर्षको भइसकेँ ।
सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय ।
त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४/०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् ।

तपाईको भावी योजना के छ ?
ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १०/२० करोडको राम्रै अस्पताल बनाउने सोच छ ।
अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५/२० दिन केही हुँदैन ।
त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो ।

स्व. वावुराम मादेनलाई आर्थिक सहयोग दिनुहुनेको नामावली र रकम ।

स्व. वावुराम मादेनलाई आर्थिक सहयोग दिनुहुनेको नामावली र रकम ।

 पुर्खेउली घर फुङ्लिङ ताप्लेजुङ देखि पृथ्वीनगर हुदै हाल विर्तामोड झापा निवासी ४९ वर्षका वावुराम मादेनको गत ९ अप्रिल २०१८ को दिन हङकङमा असामहिक निधन भएको थियो । स्व. मादेनको पार्थिव शरीर झापा नेपाल लगि सदगत अन्त्येष्टी विधिवत रुपले सरल र सहजताका साथ सम्पन्न भैसकेको छ ।उक्त दुःखको कार्यलाई हातेमालो गरि आर्थिक र भौतिक सहयोग गर्नुहुने हङकङ, यु के र नेपालका तमाम मादेन दाजुभाई ईष्टमित्र अनि हङकङ झापा मञ्च, किरात याक्थुङ चुम्लुङ  हङकङ,किरात राई यायोख्खा हङकङ एवं श्रद्धाञ्जलीमा उपस्थित सम्पूर्ण शुभचिन्तकज्यूहरुमा हार्दिक धन्यवाद कृतज्ञता व्यक्त गर्दछौं ।

नेपाल च्याम्बर्स अफ कमर्स हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच सम्झौता !

नेपाल च्याम्बर्स अफ कमर्स हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच सम्झौता !

एमओयु दुई सस्था, सङ्गठन वा कम्पनीहरु बिचको एक औपचारिक सम्झौता पत्र हो। यसको उद्देश्य दुई कम्पनी वा सङ्गठनहरु बिच आधिकारिक साझेदारी स्थापना गर्नु हो। यो सहमति कानूनी रूपमा लागु गर्न बाध्यकारी हुन पर्दैन तर आपसी सद्भाव र गम्भीरतापुर्बक नैतिक रुपमा अगाडी बढ्न बाटो खुल्ला गरिदिन्छ।

हङ्कङमा छोरा द्वारा बाबुको हत्या कसरी भयो? यो हेर्नुहोला ..

हङ्कङमा छोरा द्वारा बाबुको हत्या कसरी भयो? यो हेर्नुहोला ..

यदि उहाँले घटना हुने बितिकै पुलिसलाई खबर गरेको भए उहाँको ज्यान नजाने थियो । छोराको मायाको कारण उहाँको निधन भयो ।झगडा हुनुको कारण पैसा हुन सक्ने बताइएको छ । आरोपित छोराले सधै पैसा मागेर हैरानी बनाएको भए पनि मागेको बेला छोरा लाई पैस पनि दिदै आएका थिए । तर उक्त दिन

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

Review

0%

डा. उपेन्द्र देवकोटाको दुर्लभ क्यान्सर कहि उपचार हुन नसके म उपचार गर्नेछु । - सुवास सुब्बा
0%

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *