कोशेली एचके

चैत ।२०७४

आइतबार प्रेमराज लिम्बूको निवासमा उहाँको नातेदार आउँदा बाबूछोराबिच निकै ठुलो बिबाद भैरहेको थियो। नातेदारले जेठा छोरा मचिन्द्र लिम्बूलाई झगडा गर्नबाट छुटाएर घर बाहिर लगेको बताएको छ ।मचिन्द्रले आफ्नो केही सामान छुटेको छ लिनु जान्छु भनेर फेरि घर फर्किएको अवस्थामा बाबू छोराबिच बिबाद मात्रै नभइ धारिलो हतियार प्रयोग गरि सख्त घाइते बनाएर बाहिर निस्केको आशंका गरिएको थियो । 

नातेदार पाहुना पनि आफ्नो काम बिशेषले अन्तै गइसकेको कारणले उक्त घटना तुरुन्तै थाहा नभएको तर पछि केही शङ्का लागेर फोन गर्दा फोन रिसिभ नभएकोले त्यसपछि प्रेम राज लिम्बूको माइला र कान्छा छोरालाई सम्पर्क गरेर घटना जानकारी गराएका थिए ।

खबर प्राप्त हुन साथ अन्य दुई जना छोराहरुले बुबालाई सम्पर्क गर्दा बुबाले आफ्नो हालत छोराहरूलाई बताए । पछि तुरुन्तै पुलिसलाई खबर गरिएको थियो । त्यसपछि पुलिस एम्बुलेन्ससँग सँगै एकै समयमा अन्य दुई जना छोराहरु बुबाको कोठामा पुगेको बताइएको छ ।कोठा भित्रबाट लक लगाएको कारणले कोठा फोडेर हेर्दा प्रेमराज लिम्बूको शरिरमा धारिलो हतियारले शरिरको विभिन्न ठाउँमा काटिएको, रगतहरु बढी मात्रामा बगेको अवस्थामा पाइएको थियो ।

तुरुन्तै कङवा हस्पिटलमा उहाँलाई लगेर उपचार गर्दागर्दै रातको १ बजे निधन भएको थियो अत्यधिक रगत बगेर गइसकेको कारण उहाँको निधन भएको थियो ।प्रेमराज लिम्बूले आफैले पुलिसलाई फोन गर्न सक्थे तर छोरालाई पुलिसले पक्राउ गरेर लान्छ भन्ने मानसिकताले उहाँले आफ्नो दर्दलाइ खप्न कोशिश गरेका कारण र अन्य दुई जना छोराहरुसँग तुरुन्तै सम्पर्क नहुनुको कारणले ढिलो भएको देखियो ।

यदि उहाँले घटना हुने बितिकै पुलिसलाई खबर गरेको भए उहाँको ज्यान नजाने थियो । छोराको मायाको कारण उहाँको निधन भयो ।झगडा हुनुको कारण  पैसा हुन सक्ने बताइएको छ । आरोपित छोराले सधै पैसा मागेर हैरानी बनाएको भए पनि मागेको बेला छोरा लाई पैस पनि दिदै आएका थिए । तर उक्त दिन बुबाले मागेको पैसा नदिएका कारण घटना भएको बताइएको छ ।

आरोपित छोरा मचिन्द्र लिम्बूलाई पुलिसले यमाताईबाट पक्राउ गरि हिरासतमा राखि सकेको छ । आरोपित छोराले सांङघातिक आक्रमण गरेको स्विकार गरिसकेका बुझिएको छ ।प्रेमराज लिम्बूको श्रीमती नेपालमा रहेको बुझिएको छ भने आरोपित छोरा मचिन्द्र लिम्बूको पनि श्रीमती र एक छोरी नेपालमै रहेको छ ।

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५