अनोज रोक्का
जनवरी १७ / २०१७

वानी चल्ने, पानी नचल्ने”  यहि थिमलाई बेस बनाएका छन् पछिल्लो समयका चर्चित निर्देशक युगल पोमो लिम्बुले । पात्रको अभिनय र हाउभाउबाट एउटा सिङो कथा प्रस्तुत गर्न सफल भिडियोले जातीय छुवाछुतको सङ्क्रिण अवस्थालाई देखाएको छ ।

केकी अधिकारी, पुष्पल खड्का र गीता राईको अभिनयमा सजिवता पाईन्छ । नायीका केकी अभिनय कै लागि जन्मिएकी हुन् उनको अदा र प्रस्तुतीले दर्शकहरुलाई माथ खुवाउँछ, म्युजिक भिडियोमा राज गरिरहेका नायक पुष्पलको अभिनयले निर्देशक पोमोको कन्सेष्टलाई भरपूर मलजल गरेको छ ।

पूर्ण लिम्बु (फियाक) को शब्द, पुष्पराज बरालको संगित, सुदिप मगरको एरेन्जमा तयार गरिएको भिडियोमा अन्जु पन्तको सुमधुर आवाज रहेको छ ।

काठमाडौं बल्खु आसपासमा छायाङ्कन गरिएको भिडियोमा पोषाक संयोजन तेह्रथुमे ढाका कलेक्सनले गरेको छ भने श्रृगार लोकेश थापाको रहेको छ ।

अर्जुन तिवारीको टिमले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।