नी हुन मोरङ कानेपोखरी गाउँपालिका वडा नं ६ मी फुलमायाँ लिम्बु (छागेनी) उमेरले लगभग ८० पुगेकी उनको एक छोरीको मानसिक सन्तुलन गुमेको छ भने अर्की छोरीको अतोपत्तो छैन । श्रीमानको मृत्यु भईसकेको छ । बृद्ध शरिर अनि आकाश देखिने घरमा बडो कष्ट साथ जीवन गुर्जार्दैछिन । सकिनसकी जंगलबाट लिएको दाउरा बेचेर आफ्नो सास थामिकी छिन् उनले । पानी परेको दिन उनको घरको सम्पूर्ण भाग जलमग्न हुन्छ । वर्तमान र भबिष्यको हेक्का छैन उनमा #यति थाहा छ बाँच्न जे पनि गर्नुपर्ने रहेछ ।
स्थाई सरकारले गाउँगाउँमा स्थानिय शासनको अधिकार दिएको छ । जनताले प्रत्यक्षरुपमा आफ्ना समस्या र पिडाहरुलाई आफ्नै ठाउँमा अभिब्यक्त गर्न पाउँछन् । केन्द्र र जिल्लामा पुगेर गरिने कतिपय कामहरु स्थानिय तवरमै सम्पन्न हुन थालेको छ, तर घरघरमा पुगेर भोट माग्ने ति स्थानिय नेता तथा कार्यकर्ताहरुले आफ्नै घरदैलो अगाडीको यो दर्दनाक स्थिती कसरी हेर्न सक्छन् ? फेसबुकमा सामाजिक परिवर्तन र शुसाशनको नारा लगाउने अनि एकले अर्कालाई खुट्टा तान्ने संस्कारबाट विकसित ति समाजसेवीको जिम्मेवारी हैन यो ?
#छैन नागरिकता……
यतिका बर्ष भए मुलुक र गाउँले कयौं नेताहरु जन्माए, राजनैतिक परिवर्तनहरु भए तर उनले नागरिकता पाउँन सकिनन् न पाईन बृद्ध भत्ता, बिदुवा भत्ता । #यो दायित्व कस्को ? एउटा गम्भिर प्रश्न यो दायित्व कस्को ? यस्ता पिडित मन र विक्षिप्त घाउहरुमा मल्हम लगाउँनुहोस् चुनावको बेला रुदै भोट माग्न गाउँ पस्नु पर्दैन । समाजसेवीको ट्याग खोज्न अनेक खण्ड गर्नु पर्दैन ति मनहरुले तपाईलाई भगवान मान्ने छन् । #अपिल…….. तसर्थ म कानेपोखरी गाउँपालिकाका सम्पूर्ण राजनैतिक दल, नेता, कार्यकताहरुलाई उहाँको दर्दनाक जीवन बचाउका लागि हार्दिक अनुरोध गर्दछु । #हाम्रो प्रयास…………… हामीले यो पिडालाई फेसबुकमा मात्र सिमित गरेका छैनौ, हाम्रो क्षेत्रभित्र बसोबास गर्ने तर विविध कारणले प्रवासी जीवन विताईरहेका साथीहरुले केहि रकम संकलन गर्दैछौ । म लगायत मलेसियामा रहनुभएका अर्जुन, दिपक बहराईनबाट जीवनाथ, नेपालमा रहनुभएका सिहंबहादुर लगायतले यो कार्यलाई अगाडि बढाईरहेका छौ । तपाई पनि कानेपोखरी गाउँपालिका क्षेत्रभित्र पर्नु हुन्छ भने आउँनुहोस् हातेमालो गरौं । 

 

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video