पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

by | २६ बैशाख २०७५, बुधबार २१:३८ | राजनिति | 0 comments

काठमाडौँ, २१ वैशाख ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्डले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो । अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।” अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो । एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्र्सवादको सम्मान नै पार्टी एकता हो भन्नुभयो । समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’

सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने  : कांग्रेस

सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने : कांग्रेस

काँग्रेसले सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको, सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायालयप्रति प्रस्तुत भएको र संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको आरोप लगाएको छ। 

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *