अनोज रोक्का
जनवरी १८  / २०१७
हङ्कङमा क्रियाशिल हिमालय किङ्डम नेप्लिज फेडरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशले अन्तराष्ट्रिय समितीको गठन गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै फेडरेशनले लोकेन्द्र परियारको अध्यक्षतामा सात केन्द्रिय सदस्यहरुलाई चयन गरेको हो ।

सदस्यहरुमा किशोरकुमार पुन, एल.बी मुखिया, बिश्वबहादुर थापा, अशोककुमार चौधरी, जीवनसिहं थापा, गुनाबहादुर थापा, मञ्जु श्रेष्ठ चयन भएका छन् ।

हङ्कङ, मकाउ र नेपालमा फेडरेशनले आफ्नो शाखा विस्तार गर्दै सबै तिरबाट केन्द्रिय सदस्यहरुको चयन गर्ने र एउटा पूर्ण अन्तराष्ट्रिय कार्य समितीको निर्माण गर्ने अध्यक्ष परियार बताउँछन्, भन्छन्– ‘मकाउमा समितीको निर्माण भईसकेको छ भने अव चाँडै नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा फेडरेशन अन्र्तगतका शाखाहरु विस्तार हुनेछ ।’

विश्व कै प्रतिष्ठित बडिबिल्डिङ हव IFBB को मातहतमा गठित अन्तराष्ट्रिय समितीले विस्तार भएका बडिबिल्डिङ् फेडरेशनहरुलाई निगरानी गर्नेछ भने अन्तराष्ट्रिय स्टेजका लागि विभिन्न पहलहरु समेत गर्नेछ ।