मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

by | २ जेष्ठ २०७५, बुधबार ०९:५६ | समाचार | 0 comments

काठमाडौँ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा भेटिएको छ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट गार्को सामान लिएर उडेको जहाजले बाजुरामा आपतकालिन ल्याण्ड गरेको स्रोतले जनाएको छ। बिमानमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपाली सकुशल रहेका छन्।  ९ एन एजेयु कल साइनको उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा हुम्लाको सिमिकोटमा ल्याण्ड गर्नु पर्ने भएपनि खराबी आएपछि उडान भरेको केही समयमै बाजुराको बगरमा आपतकालिन ल्याण्ड गर्नु परेको थियो।

२ घण्टासम्म पनि सम्पर्कविहीन भएपछि विहान खोजीका लागि सुर्खेतबाट नेपाली सेनाको जहाज परिचालन गरिएको थियो।

समाचारको विस्तृत विवरण आउन बाँकी छ।

१४ मिटर अग्ला छालसँगै  सुपर ताइफुन माङ्कुट  हङकङमा

१४ मिटर अग्ला छालसँगै सुपर ताइफुन माङ्कुट हङकङमा

निबार राती ठूलो क्षति नभए आइतबार क्षति पुग्न सक्ने अनुमानसहित सरकारी विभागहरु आपतकालीन उद्दारका लागि तयारी अवस्थामा रहेका छन्। सर्वसाधारणलाई घर बाहिर ननिस्कन र झ्याल ढोका बलियो गरि लगाउन अनुरोध गरिएको छ। आइतबार अपरान्ह समुद्रमा १४ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिँदै समुद्रको छेउमा नजान अनुरोध गरिएको छ।

सरकारले मौलिक हकसँग सम्बन्धी विभिन्न ३ वटा विधेयक संसदमा पेश गर्ने

सरकारले मौलिक हकसँग सम्बन्धी विभिन्न ३ वटा विधेयक संसदमा पेश गर्ने

बैठकले बलाधिकृत रथी पुर्णचन्द्र थापालाई आगामी भदौ २४ गते देखि लागु हुने गरी नेपाली सेनाको महारथी पदमा बढुवा गरि प्रधानसेनापति पदका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना प्रविधी तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। त्यसैगरी विश्व बैक समुहको अन्तराष्ट्रिय विकास संस्थाबाट एकिकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड १५ मिलियन डलर स्वीकार गर्ने निर्णय पनि भएको छ।

क्याबिनेट बैठक चल्दा चौतर्फी हमला ? मन्त्री परे ट्वा

वास्तविकता के हो भने, यस्तो पेपरलेस क्याबिनेट अमेरिका, बेलायत (इङ्ल्याण्ड), चीन र भारतमा पनि छैन । नसकेर त नभनौँ, तर नेपालले यस्तो अभ्यास थालेपछि विशेषतः तिनै देशका लागि सुराकी गर्नेहरुलाई समस्या परेको छ । त्यसै पनि नेपालका संवेदनशील सूचनाको बेचबिखन सिंहदरबारभित्रैबाट हुने हल्ला छ । त्यसमाथि म्याकबुकको प्रयोग हुने भएपछि मन्त्रिपरिषद्का सूचना विदेशी एजेन्सीलाई अग्रीम बुझाउने, त्यो बुझेर रिपोर्ट पेश गर्नेहरुको रुवाबासी चल्ने नै भयो । म्याकबुकको प्रयोगबाट अहिले सबभन्दा बढी धुवाँ भएका छन्, मुख्यसचिव लोकदर्शन रेग्मी ।

मुक्तिनाथ विकास बैंकको नयाँ आवास कर्जा योजना : नगद फिर्तासहित अन्य थुप्रै सुविधा

मुक्तिनाथ विकास बैंकको नयाँ आवास कर्जा योजना : नगद फिर्तासहित अन्य थुप्रै सुविधा

नियमति रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्नेछन् । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत निजको आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनेछ ।   

अफ्रिकी देश कङ्गोमा विकास-निर्माणमा व्यस्त नेपाली सेना

अफ्रिकी देश कङ्गोमा विकास-निर्माणमा व्यस्त नेपाली सेना

२१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति प्रमुख सेनानी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनःस्थापना कार्य जारी रहेको बताए।

सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक

सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक

मन्त्री विष्टले सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोगमा प्रतिबन्ध गराउन कडा निर्देशन दिनु परेको जनाए। मन्त्री विष्टले सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए। सरकारले विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ।

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाई फाएर

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाई फाएर

आन्दोलनकारीले ना१६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए। झडपका क्रममा तीनजना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएको र केहीलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ। दिउँसो १ः३० बजे झडप भएकाले घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको राठौंरले बताए।

आ-आफ्नै अडानका कारण सरकार र डा. केसीपक्षको वार्ता असफल

आ-आफ्नै अडानका कारण सरकार र डा. केसीपक्षको वार्ता असफल

सरकारको सो धारणालाई डा. केसीका वार्ता टोलीले छलकपटको संज्ञा दिँदै यथास्थितिमा अव वार्तामा बस्न सक्ने अवस्था नरहेको प्रतिक्रिया पनि दिएको छ।
यता सरकारी वार्ता टोलीका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले संसदीय प्रक्रियाबाटै गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको अडान राखिएको बताए।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *