एमाले र माओवादी केन्द्रबीच एकता, नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

by | ३ जेष्ठ २०७५, बिहीबार १९:३७ | राजनिति | 0 comments

काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गरिएको छ। बिहीबार राष्ट्रियसभा गृहमा दुई दलबीच एकता भएको घोषणा गरिएको हो। एकीकरणपछि एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिएको छ। 

एमाले र माओवादी केन्द्रको एकतापछि नौ सदस्यीय हेडक्वार्टर गठन गरिएको छ। एकता संयोजन समितिमा रहेका आठजना र थप एक सदस्य रहने गरी सो व्यवस्था गरिएको सचिव भट्टराईले जानकारी दिए। 

एकता संयोजन समितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहने छन्। सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ। पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ। सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन्। केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन्। वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो।

HTML Comment Box is loading comments...

पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।” अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो ।

पार्टी एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।- दीनानाथ शर्मा

“कम्युनिस्ट तथा वामपन्थी शक्तिको नेतृत्व एवं मुख्य भूमिकामा आधारभूत रूपमा सम्पन्न भएकाले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित भइरहनेछ ।”

बोल्दै नबोलेको कुरा कसरी फैलियो त?- सांसद राधिका तामाङ्

बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त? जवाफमा तामाङले भनिन्, ‘म प्रदेश ३ का उप-सभामुख हुँ। कता के बोल्नुपर्छ। पदीय मर्यादा के हो? यसबारे मलाई पनि थाहा छ। म बोल्नै परे पत्रकार सम्मेलन गरी बोल्थेँ। सबैमा आउथ्यो नि त्यो कुरा। यो खबर त नामै नसुनेको अनलाइनबाट भाइरल बनाइयो। विरोधीका लागि के निहुँ पाउँ जस्तो भइरहेको बेला भाइरल बन्न के ठूलो कुरा भयो र?’

सरकार विरुद्ध सेनाले हालेको मुद्दामा सर्वोच्चद्वारा दोस्रो पटक फाइल मगाउने आदेश-मैना सुनार हत्या प्रकरण

सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो।२०६२ मंसिर २१ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जाहेरी दिएकी थिइन्। द्वन्द्वका समयमा सेनाविरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking