नेकपा केन्द्रीय सदस्यमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो लाग्याे ।

नेकपा केन्द्रीय सदस्यमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो लाग्याे ।

नेकपा केन्द्रीय सदस्यमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो लाग्याे ।

by | ६ जेष्ठ २०७५, आईतवार १६:३० | राजनिति | 0 comments

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ। केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य छन्।

त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल छन्।
त्यस्तै विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर रानाको नाम टुङ्गो लगाइएको थाहा भएको छ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा चार सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो। बाँकी सदस्यको नाम केही दिनमा टुङ्गो लाग्ने तर औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए।
तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएकोे थियो। नवौंँ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय दलको विभिन्न निकायमा बसेर काम गरेका, विभिन्न विभागका सचिव र युवा नेतालाई केन्द्रीय कमिटीका थप सदस्यमा प्राथमिकता दिइएको छ। तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भए पनि औपचारिक रुपमा ४५ जनाको नाम सार्वजनिक हुन बाँकी छ।

HTML Comment Box is loading comments...

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’

सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने : कांग्रेस

काँग्रेसले सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको, सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायालयप्रति प्रस्तुत भएको र संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको आरोप लगाएको छ। 

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ।

एमाले र माओवादी केन्द्रबीच एकता, नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ। सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन्। केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन्। वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो।

पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।” अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो ।

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *