कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

by | ७ जेष्ठ २०७५, सोमबार १७:०७ | मनोरन्जन | 0 comments

एजेन्सी। कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन्। यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी। यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन्। राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निमात्री हुन्।

उनी आफ््नो सुन्दरताका कारण गुगलमा ट्रेन्ड गरिरहकी छन्। राधिका स्कुल पढ्दा पढ्दै फिल्म क्षेत्रमा आएकी थिइन्। उनले २००२ मा कन्नड फिल्म ‘नीला मेघा शमा’ बाट डेब्यू गरेकी थिइन्। आफ्नो डेब्यू फिल्मका बेला उनी नौ कक्षामा अध्ययन गर्थिन्। यद्यपी उनको पहिलो रिलीज फिल्म भने ‘नीनागागी’ हो। 

राधिका फिल्मले भन्दा आफनो निजी सम्बनधका कारण चर्चामा रहिन्। भारतीय संचारमाध्यमका अनुसार २००० मा राधिकाले रतन कुमारसँग मन्दिरमा लुकेर विवाह गरिन्। यो विवाहकालागि राधिकाका परिवार राजी थिएनन्। यो विवाह यतिधेरै विवादित भयो की रतन कुमारले राधिकाका बुवा विरुद्ध राधिकालाई अपहरण गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गराए। उनले आफ्नो करियर समाप्त हुने डरले राधिकालाई बुवाले आफ्नो साथ लगेको आरोप लगाएका थिए।

यो विषयमा राधिकाकी आमाले रतन कुमारलाई आफ्नी छोरीलाई ललाइ फकाइ विवाह गरेको आरोप लगाएकी थिइन्। उनले विवाह गर्दा आफ्नी छोरीको उमेर मात्र १४ वर्ष भएको खुलासा गरेकी थिइन्।

HTML Comment Box is loading comments...
गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

माया गर्ने जोडिहरुको भित्रि हृदयको झंन्कारलाई निकै मेहनतका साथ सब्दहरुलाई केलाएर र बिट बिटमा मायालुको साथ र एक अर्काले दिने समयको महत्वलाई संगितको माध्यमवाट निकै उचाई दिन खोजिएकोछ ।

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५