किम जोङ–उनसँगको वार्ताबाट यसकारण पछि हटे डोनाल्ड ट्रम्प

by | १२ जेष्ठ २०७५, शनिबार १५:२३ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

बीबीसी। विभिन्न अड्कलबाजीकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनसँगको भेटवार्ता स्थगित गरेका छन्। विज्ञप्ति जारी गर्दै ट्रम्पले १२ जुनमा  सिंगापुरमा हुने भनिएको बैठक अब नहुने जनाएका हुन्। ट्रम्प आफूले वार्ता स्थगित गर्नुको पछाडि उत्तर कोरियाको संचारमाधयम जिम्मेवार रहेको आरोप पनि लगाएका छन्।

उत्तर कोरियाका मन्त्री चो सोन–हुईले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई ट्रम्पको अभिव्यक्ति दोहोर्याएको भन्दै ‘पोलिटिकल डमी’ संज्ञा दिएका थिए। तर शिखर सम्मेलन धरासाई हुने क्रमको सुरुवात भने ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बाल्टनबाट भयो। जसको जिम्मा उत्तर कोरियासँग हुने भनिएको वार्तामा उठाइने मुद्दालाई रेखांकन गर्ने थियो।

बाल्टनले परमाणु निशस्त्रीकरणको लक्ष्य राखेका थिए। उनी सिंगापुरमा हुने भनिएको वार्तामा उत्तर कोरिया आफ्नो सबै परमाणु र रासायनिक हतियार नष्ट गर्न राजी होस भन्ने चाहन्थे।

बाल्टनको गम्भीरतामाथि प्रश्न

तर बाल्टनले कहिल्यै पनि उत्तर कोरियासँग डिप्लोमेटिक प्रक्रियालाई गम्भीरतापूर्वक दिएका लिएनन्। राष्ट्रिय सुरक्षा सल्लाकारको पद सम्हाल्नु पहिला एक नागरिकका रुपमा जन बाल्टनले ट्रम्पले किम जोङ उनसँग भेटवार्ता गर्ने विषयमा पनि प्रश्न उठाएका थिए। बाल्टनले भनेका थिए, ‘वार्ताबाट सकारात्मक परिणाम निस्किँदैन। बरु सो वार्तामा अमेरिकाको बहुमुल्य समय बर्वाद हुन्छ।’

उनका अनुसार अमेरिकाले उत्तर कोरियासँगको वार्तामा लिवियाको मोडल अपनाउनु पर्छ। लिबियामा २००३ मा भएको निशस्त्रीकरणको प्रक्रियापछि लिबियाका नेता मोहम्मद गद्दाफीले परमाणु कार्यक्रमलाई पूरै रोक्नु परेको थियो। उत्तर कोरिया आफूलाई लिबियासँग तुलना गरेपछि डराएको थियो।

लिबियाको भूत

उत्तर कोरियाका मन्त्री चोले आफ्नो वक्तव्यमा लिबियासँग तुलना गरेपछि आपत्ति जनाएका थिए। उनले उत्तर कोरिया एक परमाणु शक्ति भएको उल्लेख गर्दै आफूहरुसँग अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भएको र जसलाई थर्मोन्युक्लियर हतियारमा फिट गरेर प्रयोग गर्न सकिने बताएका थिए। 

लिबियाको अनुभबबाट किम जोङ उनले अमेरिकाको आग्रहमा परमाणु निशस्त्रीकरणको अर्थ एक दिन आफ्नो अन्त्य हुनेछ भन्ने कुरा राम्रोसँग बुझेका थिए। उत्तर कोरियाले ट्रम्पको टिप्पणीलाई धम्कीका रुमपा बुझ्यो। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जब एक अन्तर्वातामा ट्रम्पको भनाइलाई समर्थन गरे, तब उत्तर कोरियाले ट्रम्पको उक्त अभिव्यक्तिलाई अमेरिकी नीतिका रुपमा बुझ्यो। अर्थात या किम जोङ उन सिंगापुर आउनु पर्छ र अमेरिकीको आग्रह नमाने अमेरिकी सैन्य कारवाहीको सामना गर्नुपर्छ। उत्तर कोरियासँगको वार्ता निकै संवेदनशील भएको कुरा ट्रम्प प्रशासनले बुझ्न सकेन।

कुरा त्यतिबेला बिग्रियो, जब अमेरिकाले उत्तर कोरियाको छिमेकी दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्यो।  उत्तर कोरियाले उक्त सैन्य अभ्यासमा लडाकू विमानपनि सहभागी भएको र उक्त विमान परमाणु बम लिएर जान सक्षम थिए। जसलाई उत्तर कोरियाले लामोसमय देखि आफूलाई डराउने र धम्क्याउने रुपमा हेर्दै आएको थियो। ट्रम्पको वार्ता रद्दको फैसला गर्ने कुराको छनक शायद दक्षिण कोरियालाई पनि थिएन। जुन उत्तर कोरियासँग सम्यमता अपनाउने समयमा अमेरिकाको सहयोग बन्यो।

अर्को कुरा, उत्तर कोरियाको आफ्नो परमाणु परीक्षण स्थलमा मैजुद सुरुङ ध्वस्त गर्न केही घण्टा बाँकी रहेको अवस्थामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको वार्ता रद्द गरेका थिए। उत्तर कोरियाको विदेश मन्त्रालयले ट्रम्पको यो निर्णयप्रति कडा प्रतिक्रिया जनाएको छ। तर उसले आफू अझै पनि अमेरिकासँग कुटनीतिक प्रक्रिया जहाँ र जहिले पनि सुरु गर्न तयार रहेको  जनाएको छ। उत्तर कोरिया अमेरिकासँग वार्ता गर्ने आफ्नो वचनबाट पछि हटेको थिएन।

त्यतिबेला पनि जतिबेला उत्तर कोरियाका नेता किम जोङ उन चीन गएर चीनका राष्ट्रपति शि जिनपिङसँग भेटवार्ता गरे। अझ, जब २७ अप्रीलमा कोरियाली प्रायद्वीपका दुवै नेताबीच ऐतिहासिक भेटवार्ता भयो। राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको वार्ता रद्द गरेको घोषणा गरेपछि के कुरा स्पष्ट भएको छ भने ट्रम्पले किम जोङ उनसँग वार्ताको बाटो सधैंकालागि बन्द गरेका होइनन्। उनले किम जोङ उनलाई ‘महामहिम’ का रुपमा सम्वोधन गरेका छन् र लेखेका छन्, ‘मलाइ सम्पर्क गर्न र पत्र पठाउन तपाइँ हिचकिचाउनु हुन्न।’

ट्रम्पको यो प्रस्तावलाई लिएर किम जोङ उन निकै उत्सुक हुँदैनन्। यद्यपी यो वार्ताबाट सधैभन्दा धेरै फाइदा उत्तर कोरियालाई नै हुन्थ्यो। उत्तर कोरियाले ट्रम्पसँग  वार्ता गर्ने तय गरेपनि वार्ताको नतिजा के हुन्छ भन्ने विषयमा केही अनुमान लगाएको थिएन। अमेरिकी प्रशासनलाई पनि उत्तर कोरियासँग वार्ता गर्ने कुरामा त सहमति जनाइयो। तर यो उच्चस्तरीय वार्ताबाट के फाइदा हुन्छ? यही प्रश्नले शायद अमेरिकालाई उत्तर कोरियासँगको वार्ताबाट पछि हट्न प्रेरित गर्यो।

HTML Comment Box is loading comments...

चीनले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ।

अविरल बर्षाको कारण तराई र मधेशमा भएकोल ठुलो धनजनको क्षतिलाई चीनले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ।

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५