जुनु आमाको न्यानो काख र ईशा दिदिको आशिर्वाद: क्यान्सर पिडितले पाए सहयोग

by | १६ जेष्ठ २०७५, बुधबार १०:४८ | यथार्थ जिवन कथा | 0 comments

आमा सहारा हो ! आमा प्रेम हो ! आमा भविष्य हो ! आमा संसार हो । अब त्यहि सब थोक ‘आमा’ नभए के हुन्छ ? त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।

तर पनि सुसारे आमाहरुको सुन्दर कथा भेटिने देश हो नेपाल । जहाँ आमा नहुने टुहुराहरुलाई न्यानो काख मिल्ने महान आमाहरुको गाथा भेटिन्छ। अर्थात दुनियाँमा अमुल्य आमाको साइनो कहिँ कतै भेटिदैन तर अमुल्य आमाको साइनो हाम्रै देश नेपालमा भने पाइन्छ ।

यस्तै महान आमाको पंक्तिमा भेटिने जुनु र इशाको समाजसेवा तथा कर्म थाहा नहुने नेपाली सम्भवत कमै छौ । जिन्दगीका आफ्ना दिन र रातहरुलाई समाज सेवामा डोर्याउदै, बिलाउदै गरेका जिबनको भबिष्य देखाउने निश्वार्थ आमाहरु हुन् जुनु र इशा ।

देशमा गरिबी थियो । गरिबी हटाउन परिवर्तनका नाममा ठुलो द्वन्द्व भयो, द्वन्द्वमा बाबा आमाहरु मारिए, उल्टै बालबालिकाहरु टुहुरा बने । कल्पनाको डिलमा बसेर पुर्पुरोमा हात राखेर सोंचौ त ? अजीवको पौराणिक कथा जस्तो लाग्छ, देशका टुहुरा र अनाथहरुको वास्तविक कथा ।

त्यसमाथि पनि भूकम्पको बज्रपात, अनि त्यहि बज्रपातमा हराएका आमाबाबाहरु, अनि झनै थपिएका तिनै टुहुराहरु । अस्थिर राजनीतिको चपेटामा दुखि रहने आमाका मनहरु, अनि तिनै अनाथ जिन्दगीहरु, गरिबीले दिएका उपजहरु हुन् ।

यी सब हेर्दा चारैतिर अन्धकार झैँ लाग्छ तर यिनै महान आमाहरुलाई देख्दा मानवीय भावानाहरु हर्षको छलाङ मार्दै अंकमाल गर्छन र दुखिहरुको मनमा खुसि फुराउ छन् अनि जिउने आधार बन्छन ।

यहाँ जुनु र इशा जस्तै थुप्रै महान आमाहरु पनि छन् । जो अभावको जिन्दगि बोकेर मर्न तयार जिबनहरुलाई ज्युउने आधार दिइ रहेका छन् । तिनै आमाहरुलाई साथ दिने महान हातहरु पनि छन्, जसको कारण नयाँ जीवन पाएका छन् ।

क्यान्सर पिडितलाई इशा गुरुङको आर्थिक सहयोग

खोटाङका रामदास राई गलैँचा बुनेर घरधन्दा चलाउथे । विगत ५ वर्ष देखि क्यान्सर रोगबाट पीडित भएपछी आर्थिक अबस्था निकै कम्जोर भएको कारण उपचार गर्न सकेनन । क्यान्सरले थलिदै गएपछि राईका छोरा र छोरी पनि स्कुल जान पाएनन् । छोराछोरी स्कुल जान नपाएको खबर संचार माध्यममा आएपछी एकीकृत सिर्जनशिल समाजका अभियन्ता तथा अनाथहरुकी आमा भनेर चिनिने जुनु पुनको टोलीले उद्दार गर्यो ।

तिनै छोरा छोरीको रेखदेख र पठनपाठन सबै जुनु आमाको सिर्जनशील समाजले हेर्ने भएको छ । आर्थिक अभाबमा उपचार नपाएका रामदास राईको नाजुक अवस्था देखेर जुनु पुनको पहलमा उपचार थालियो । जुनुपुनको हारगुहार देखेर बेलायतकि मनकी धनि इशा गुरुङको मन चसक्क छोयो, अनि प्रण गरिन सहयोग गर्नुपर्छ ।

दुखले घेरेर ल्याउदा भगवान जस्तै सम्झिने नाम हो ‘इशा गुरुङ’ । सामाजिक संजालमा ‘इशा गुरुङ’ एक सेलिब्रिटी ब्रान्ड नै बनेको छ भन्दा हुन्छ । बेलायतमा रहेकी पोखरेली चेली इशा गुरुङ हरेक बखत समाज सेवा गर्दै आएकी छन् ।

इशा गुरुङले रामदास राईको क्यान्सर उपचारका लागि १० दिने सहयोग अभियान चलाईन । इशा गुरुङको आग्रहमा देश बिदेशमा रहेका मनकारी दाताहरुले साथ् दिए । केवल १० दिनको छोटो अवधिमै २ लाख ४२ हजार ५ सय सयोग रकम उठ्यो । उक्त रकम उपचार जुटेकी जुनु पुनलाई हस्तान्तरण गरिन र जुनु आमाले इशालाई महान समाजसेवी आमा भन्दै खुसीको सन्देश पठाईन ।

यसरि के जात, के धर्म, के रंग, केहि नभनी दुखिगरिवलाई सहयोग गर्ने इशा गुरुङले संसारभरी रहेका सहयोगी मनहरू संगै जुटेर सहयोग गर्दै आएकी छिन । पीडितका लागि उनको सहयोग भगवानको बरदान सरह बन्ने गरेको छ ।

कैयौ दुखि र असक्तहरुलाई देश बाहिरबाट इशा आमाले उद्दार गरेकी छिन । भूकम्प जाँदा होस् या बाढी पहिरो आउदा होस् अथवा बृद्द आश्रममा पुगेर होस् सुसारे आमा बनेर सेवा गरिरहेकी छन । यिनै महान समाजसेवी इशा गुरुङको सहयोगले धेरैले नयाँ जीवन पाएका छन् ।

टुहुरालाई जुनु आमाको न्यानो काख

टुटेका जिन्दगीहरुको गास बास जुटाई दिएर खुसि बाँड्ने जुनु आमाले ४० भन्दा धेरै टुहुराहरुलाई उनको एकीकृत सृजनशील समाजले रेखदेख गरिरहेको छ । जुनु आमाको उक्त न्यानो बास भित्र अनाथहरुका भविष्यका आँकुराहरु पलाई रहेका छन् ।

रामदास राई क्यान्सर बाट थलिएपछि स्कुल जान नपाएका उनका छोरा छोरीलाई जुनुले आफ्नो अनाथ आश्रममा राखेकी छन् । अब ति छोराछोरी पनि स्कुल जान पाउने भएका छन् । उनको अनाथालयलाई देश बिदेशमा बस्ने मनका धनि मनकारीहरुले सहयोग गरिरहेका छन् । तिनै मनकारीहरुको भरमा जुनु आमाको आश्रमको चुलो जलिरहेको छ ।

यदि यस्तै सहयोगी हातहरु नभेटिएमा भने चुलो धुवाउन छाड्ने छ र भविष्य खोज्ने मुनाहरु बिचल्ली हुने छन् । तसर्थ टुहुरा अनाथहरुका लागि जुनु आमाको न्यानो काख बचाई रहन दयालु हातहरुको खाँचो छ ।

आशा छ, संसारभरीबाट यसरी नै अझै सहयोग भइरहने छ र टुहुरा अनाथहरुको न्यानो काख अन्ततः तपाई कै महान हातहरु हुनेछन, सक्दो सहयोग गरौ ।

साभार न्युज

केबी गुरुङ बाट 

HTML Comment Box is loading comments...

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

“चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,”

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा ‘सन लाईफ अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ २०१८ सम्पन्न भएकोछ। निर्धारित समयानुसार विहान ८:०० बजे सुरुभएको उक्त च्याम्पियनसीपमा स्थानिय तथा अन्तराष्ट्रीय गरि २०० वटा जति टिम र टिमका खेलाडीहरुको सहभागिता रहेको थियो।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

नेपालको संगीत रोयल्टी अवधारणा विश्वकै नमूना I

उनको संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको बताए।

संस्थाकी प्रबन्ध निर्देशन इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताए। 

विश्व संगीत उत्पादक संस्था एशिया निर्देशक केटी याङले आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएको धारणा राखे। 

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५