शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार IScore 89%Score 89%

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

by | ९ असार २०७५, शनिबार २२:४१ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

 

काठमाडौं । विश्वकप फुटबलमा शानदार जित निकाल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ । ग्रुप जीको आफ्नो दोस्रो खेलमा शनिबार बेल्जियमले ट्युनिसियामाथि ५–२ गोलको जित निकालेको हो ।

हारसँगै ट्युनिसियाको विश्वकप सपना अधुरो भएको छ । दुई खेलबाट बेल्जियमको ६ अंक भएको छ । कुनै खेल नजितेको ट्युनिसिया शुन्य अंक सहित समुहको पुछारमा छ । अब दुवैले एक–एक खेल्नबाँकी छ । बेल्जियमको खेल विजेता वा उप विजेताकालागि हुनेछ ।

Watch Live world Cup 2018

लुकाकु र ह्याजार्ड जादु

ट्युनिसियाविरद्धको खेलमा स्टार स्ट्राइकरहरु रोमेलु लुकाकु इदेन ह्याजार्डले उत्कृष्ट प्रदर्शनगर्दै समान २–२ गोल गर्न सफल भए । अर्का एक गोल मिची बात्सुइले गरे । ट्युनिसियाका तर्फबाट ड्यालन ब्रोन र वाबी खाज्रीले सान्त्वना गोल फर्काए ।

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

खेलको १६ औं मिनेटमा पुन बेल्जियमकालागि रोमेलु लुकाकुले डेरिज मार्टेन्सको पासमा दोस्रो गोल गरे । १८ औं मिनेटमा ट्युनिसियाले एक गोल फर्काएका थिए । ड्यालन ब्रोनले वाबी खाज्रीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमै लुकाकुले आफ्नो दुई गोल पुरा गरे । उनले पहिलो हाफको अतिरिक्त समयमा थोमस मुनिएरको पासमा दोस्रो गोल गरेका थिए । पहिलो हाफ ३–१ ले सम्पन्न खेलमा दोस्रो हाफमा बेल्जियमले २ गोलगर्दा ट्युनिसियाले एक गोल फार्कायो ।

बेल्जियमका ह्याजार्डले खेलको ५१ औं मिनेटमा आफ्नो दोस्रो तथा टोलीका लागि चौथौ गोल गरे । यस्तै खेलको अन्तिम ९० औं मिनेटमा बेल्जियमकै मिची बात्सुइले टोलीका लागि पाँचौ गोल गर्न सफल भए ।

खेल ५–१ मै सकिने अनुमान गरिएपनि ट्युनिसिया एक गोल फर्काउन सफल बन्यो । अतिरिक्त समयमा वाबी खाज्रीले गोल गरेका थिए ।

लुकाकु गोल्डेन बुटमा सशक्त बन्दै 

ट्युनिसियाविरुद्ध २ गोल गरेका बेल्जियमका रोमेलु लुकाकु विश्वकप गोल्डेन बुटमा सशक्त बन्दै गएका छन् । उनले सर्वाधिक गोलकर्ता रोनाल्डोको ४ गोलसँग बराबरीगर्दै गोल्डेन बुटको दाबेदारी प्रस्तुत गरेका हुन् ।

गोल्डेन बुट उपाधिको दोस्रो स्थानमा रुसका खेलाडी डेनिस चेरिसेभ र स्पेनका डिएगो कोस्टा छन् । उनीहरुको समान ३–३ गोल छ । यस्तै बेल्जियमकै इदेन ह्याजार्डपनि गोल्डेनबुटको प्रतिस्पर्धामा उत्रिएका छन् । उनको दुई गोल भएको छ ।

HTML Comment Box is loading comments...

६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

फिरोजशाह कोटला मैदानमा खेलिएको उक्त खेलमा दिल्लीले रोहित शमाको कप्तानी भएको मुम्बई टीमलाई ११ रनले पराजित गरेको हो। यो हारसँगै मैजुदा विजेता मुम्बईको प्लेअफमा पुग्ने सपना चकनाचुर भएको छ भने दिल्लीसँग मुम्बईको पनि आईपीएलको यात्रा पूरा भएको छ।

२२२ मिलियन युरोमा नेइमार अनुबन्ध, विश्वमा के–के हुन सक्छ त्यति रकमले ?

ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो ।

चाईना हङकङ नेसनल तेक्वान्दो एलिएन्सद्वारा आयोजित तेक्वान्दो प्रतिष्प्रधामा फरेनर्स हङ्कङ तेक्वान्दोको उत्कृष्ट खेल प्रदर्शन!

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

Review

89%

popular news
89%

About The Author