कोशेली संवाददाता
२२ जनवरी २०१७
गीत गाउँनका लागि नै जन्मिएको हो उत्साहित रविन भन्छन् । मोफसलका उत्कृष्ट प्रतिभा रविन सुब्बा आफ्नो क्षमता दुनियाका सामु देखाउँन चाहे पनि समय परिस्थिीले सम्भव नभएको बताउँछन् । साउदीको मरुभूमीमा रोजीरोटीका लागि पुगेका रविनलाई संगितप्रतिको मोहले छोड्न सकेन अव चाँडै नेपाल फर्केर नयाँ एल्बम निकाल्ने तयारी गरिरहेका रविनले अहिले सम्म २ वटा एल्बम रहर र पलास सार्वजनिक गरिसकेका छन् ।

सानैबाट संगितप्रति आकर्षित रविन स्कुल, पारिवारीक भेटघाट, साथीभाईका सामु गीत गाउँदा गाउँदै संगितको विशाल सागरमा डुबे जहाँबाट उत्रिन अव सम्भव छैन, कारण उनी भित्रको अदम्य साहरा तृष्ण प्रतिभा नै हो ।

२०५५ सालमा अधिराज्य ब्यापी लोक गीत प्रतियोगिता मा नेपाल प्रथम, रेडियो नेपाल को ( क) श्रेणी को प्रमाणपत्र साथै नगद पुरस्कार, २०५५ सालमा नारायण गोपाल संगीत कोश ले आयोजना गरेको आधुनिक गीत प्रतियोगिता मा पुर्बाअन्चल प्रथम लगायतका सम्मान र पुरस्कारहरुबाट सम्मानित रविन यो यात्रालाई निरन्तर अघि बढाउँन चाहन्थे तर आर्थिक समस्या र विविध बाध्यताले विदेशिएका उनी अव निरन्तर संगितमा लाग्ने बताउँछन् ।

बुबा मनबिर सुब्बा आमा बिष्णु कुमारी सुब्बा को जेठो छोरा रविन लजालु स्वाभाका छन् कम बोल्ने उनी यहि कारणले पछि परेका बताउँछन् भन्छन् म कसैको सामु झुक्दिन किनकी मलाई मेरो प्रतिभामा विश्वास छ । यहि विश्वासले म मेरा दर्शकहरुको संगितप्रतिको मोह मेटाउँन निरन्तर लागि रहन्छु ।

धरमपुर – ४ दिङ्लाधापबाट गायन यात्रा शुरु गरेका रविन यो यात्रालाई अब संसारभर फैलाउँन चाहन्छन् यसका लागि आफुमा भएको गायीकी प्रतिभासँगै यसलाई निर्खाने अवयवहरुको खोजीमा छु, उदयिमान रविनको दृढ विश्वास छ ।