काठमाडौं, १५ असार । चर्चित नृत्य निर्देशक दिनेश माङ्मु म्युजिक भिडियो निर्देशक बनेका छन् ।

गंगा सुब्बा तुम्बाहाङ्फेको रचना तथा संगीतमा तयार भएको खबर दिनु म्यासेजमा पलपलको…. बोलको गीतमा माङ्मुले निर्देशन गरेका हुन् ।

दृष्टिविहिन गायिका कुमारी योङहाङको स्वर रहेको उक्त गीतमा लक्ष्मी योङहाङ र विवश वेनाम माङ्मुले अभिनय गरेका छन् ।

गंगा सुब्बा तुम्बाहाम्फे पुराना कलाकार समेत हुन् । उनले मासेमी, बसन्त ऋतु, परिवर्तनजस्ता चलचित्रमा अभिनय गरेर केही समय परदेश लागेका थिए । नेपाल फर्केर पुनः पार्सल, यारी, टापु, फेकेजस्ता चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समयमा केही गीतहरुको रचना र संगीतपश्चात चलचित्र निर्माण गर्ने क्रममा छन् ।

त्यस्तै नृत्य निर्देशकमा जमेका दिनेश माङ्मुले दर्जनौ नेपाली, भोजपुरी, लिम्बू चलचित्र तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफी गरी निर्देशनमा हामफालेका हुन् । निर्देशनमा हात हाल्नसाथ दर्जनौ नेपाली, लिम्बू गीतहरुको काममा व्यस्त छन् ।

संगीत विषयमा स्नातक तहमा अध्ययनरत दृष्टिविहिन गायिका भर्खरै यस क्षेत्रमा जम्ने क्रममा छिन् । म्युजिक भिडियोमा पहिलोपटक देखिएकी छिन् ।

त्यसैगरी कलाकार लक्ष्मी योङहाङ मिस युमाको अवार्ड विजेता हुन् । गीतसमेत गाउने उनी कुशल नृत्यागाना र मोडल हुन् । उनीद्वारा अभिनित केःसाङ्ला प्रदर्शनको तयारीमा छ । विवश वेनाम मोडलिङ क्षेत्रमा आएता पनि उनी बढि साहित्यक्षेत्रमा चिनिएका छन् । उनको प्रतिवादनमा ‘कुकुर कविता’ सामाजिक सञ्जालमा चर्चित छ ।

गीतलाई नयाँ अनलाइन टिभीले युट्युवमार्फत सार्वजानिक गरेको हो ।

भिडियोसहित हेर्नुहोस्