नेमार बने नायक , ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

नेमार बने नायक ,  ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

नेमार बने नायक , ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

by | १८ असार २०७५, सोमबार २२:५४ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा नेमार नायक बने ।

उनी दुवै गोलमा समावेश भए ।  नेमारले खेलमा एक गोल गरेभने अर्को एक गोलका लागि पास दिए । खेलको ५१ औं मिनेटमा नेमार जुनियरले विलियन शिल्भाको क्रस पासमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको ८८ औं मिनेटमा भएको थियो । दोस्रो तथा अन्तिम गोल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोवर्टो फर्मिनोले गरे । फर्मिनोले नेमारको आकर्षक क्रस पासमा गोल गरेका थिए ।

फर्मिनो फिलिपे कोन्टिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । आजको खेलसँगै ब्राजिल विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेक्सिकोकोभने विश्वकप सपना अधुरो भएको छ । अब ब्राजिललले जापान र बेल्जियमबीचको विजेतासँग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

HTML Comment Box is loading comments...

फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

फ्रान्स यसअघि २ पटक विश्वकपको फाइनलमा प्रवेशगर्दा सन् १९९८ को विश्वकप जित्नभने सफल भएको टोली हो । उरुग्वेलाई पराजि गरेसँगै फ्रान्स नेदरल्याण्ड्सपछि तिन उत्तर अमेरिकी राष्ट्रलाई एकै विश्वकपमा पाखा लगाउने दोस्रो राष्ट्र समेत बनेको छ ।

मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

पाँच पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको ।

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा ‘सन लाईफ अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ २०१८ सम्पन्न भएकोछ। निर्धारित समयानुसार विहान ८:०० बजे सुरुभएको उक्त च्याम्पियनसीपमा स्थानिय तथा अन्तराष्ट्रीय गरि २०० वटा जति टिम र टिमका खेलाडीहरुको सहभागिता रहेको थियो।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *