मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

by | १८ असार २०७५, सोमबार २३:०७ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको ।

ब्राजिलको जितमा नेमार नायक बने । उनी दुवै गोलमा समावेश भए । नेमारले खेलमा एक गोल गरेभने अर्को एक गोलकालागि पास दिए । खेलको ५१ औं मिनेटमा नेमार जुनियरले विलियन शिल्भाको क्रस पासमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको ८८ औं मिनेटमा भएको थियो । दोस्रो तथा अन्तिम गोल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोवर्टो फर्मिनोले गरे । फर्मिनोले नेमारको आकर्षक क्रस पासमा गोल गरेका थिए ।

फर्मिनो फिलिपे कोन्टिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । आजको खेलसँगै ब्राजिल विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेक्सिकोकोभने विश्वकप सपना अधुरो भएको छ ।

ब्राजिलको नयाँ इतिहास, मेक्सिको तितो इतिहास मेटाउन सफल भएन

नेमारले खेलको ५१ औं मिनेटमा विलियनको पासमा गोल गरेका थिए । त्यस गोलले विश्वकप फुटबलमा नयाँ इतिहास बनायो । ब्राजिल नेमारको गोलसँगै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने देश बनेको हो ।

यसअघि जर्मनी २ सय २६ गोलसहित विश्वकपमा सर्वाधिक गोलगर्ने देश थियो । नेमारको गोलसँगै ब्राजिल २ सय २७ गोल गर्न सफल भएको थियो । त्यसपछि रोवर्टो फर्मिनोले गोल गरेपछि यतिबेला ब्राजिल विश्वकपमा सर्वाधिक २ सय २८ गोलगर्ने पहिलो देश बनेको छ ।

आजको जितसँगै ब्राजिल गएको ७ वर्षयता लगातार क्वाटर फाइनलमा प्रवेश गर्न पनि सफल भएको छ । मेक्सिको भने लगातार ७ वर्षयता क्वाटर फाइनलमा प्रवेश हुनबाट बन्चित हुने टोली बनेको छ । ७ वर्षमा अन्तिम १६ मा स्थान बनाउन सफल मेक्सिको यसवर्षपनि क्वाटर फाइनल पुग्न नसकेको हो ।

ब्राजिलको उत्कृष्ट प्रदर्शन

ग्रुप स्टेजको खेलमा साविक विश्वकप विजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोमाथि सोमबार ब्राजिल हावी भयो । मेक्सिकोभन्दा ब्राजिलले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

खेलमा मेक्सिकोले केहि अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । खेल अवधिभर ब्राजिलले २१ पटक गोलको प्रयास गरेको थियो । दश बल पोस्टमा जाँदा २ गोलमा परिणत भयो । मेक्सिकोलेपनि खेलमा गोलको प्रयास नगरेको भने होइन ।

उसले खेलमा १३ पटक गोलको प्रयासगर्दा कुनै बलले पोस्टको दिशा दिन सकेन ।

HTML Comment Box is loading comments...

फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

फ्रान्स यसअघि २ पटक विश्वकपको फाइनलमा प्रवेशगर्दा सन् १९९८ को विश्वकप जित्नभने सफल भएको टोली हो । उरुग्वेलाई पराजि गरेसँगै फ्रान्स नेदरल्याण्ड्सपछि तिन उत्तर अमेरिकी राष्ट्रलाई एकै विश्वकपमा पाखा लगाउने दोस्रो राष्ट्र समेत बनेको छ ।

नेमार बने नायक , ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा नेमार नायक बने ।

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा ‘सन लाईफ अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ २०१८ सम्पन्न भएकोछ। निर्धारित समयानुसार विहान ८:०० बजे सुरुभएको उक्त च्याम्पियनसीपमा स्थानिय तथा अन्तराष्ट्रीय गरि २०० वटा जति टिम र टिमका खेलाडीहरुको सहभागिता रहेको थियो।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *