टिपर दुर्घटना: मृतकको संख्या १९ पुग्यो I

टिपर दुर्घटना: मृतकको संख्या १९ पुग्यो IScore 90%Score 90%

टिपर दुर्घटना: मृतकको संख्या १९ पुग्यो I

by | २२ असार २०७५, शुक्रबार २३:०९ | अपराध / घटना | 0 comments

बागलुङ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन्।

दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ। बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो। गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ। अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भने।

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ। प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन्। जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताए। सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुन सक्ने बताइएको छ। घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

HTML Comment Box is loading comments...

दुई सय रुपैयाँ नदिदा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन्।

गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो।

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयान दिएका छन् ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

Review

90%

popular
90%

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *