फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

फ्रान्स छैठौं पटक सेमिफाइनलमा IScore 76%Score 76%

फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

by | २२ असार २०७५, शुक्रबार २३:१६ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

काठमाडौं । फ्रान्स उरुग्वेलाई पराजितगर्दै छैठौं पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० ले पराजितगर्दै फ्रान्सले  २००६ को विश्वकप यता पहिलो पटक अन्तिम चारमा स्थान बनाएको हो ।

फ्रान्स यसअघि २ पटक विश्वकपको फाइनलमा प्रवेशगर्दा सन् १९९८ को विश्वकप जित्नभने सफल भएको टोली हो । उरुग्वेलाई पराजि गरेसँगै फ्रान्स नेदरल्याण्ड्सपछि तिन उत्तर अमेरिकी राष्ट्रलाई एकै विश्वकपमा पाखा लगाउने दोस्रो राष्ट्र समेत बनेको छ ।

यसअघि नेदरल्याण्ड्सले १९७४ मा ३ दक्षिण अमेरिकी मूलुकलाई एकै विश्वकपमा पाखा लगाएको थियो । यस विश्वकपमा प्रmान्सले बलिया टोली अर्जेन्टिनालाई प्रि–क्वाटर फाइनलमा ४–३ ले पराजितगर्दा, उरुग्वेलाई क्वाटर फाइनलमा २–० तथा पेरुलाई १–० ले पराजित गर्यो ।

जितसँगै फ्रान्स दक्षिण अमेरिकी मूलुकसँग १० खेलमा लगातार अपराजित खेल खेल्ने टोली समेत बनेको छ । फ्रान्स दक्षिण अमेरिकीहरुसँग विश्वकपका १० खेल मध्ये ६ मा जित चारमा बराबरी खेलेको छ । यसअघि फ्रान्स अन्तिम पटक १९७८ मा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएको थियो।

डिफेन्डर राफेल भरानले उरुग्वेविरुद्ध गोल गरेसँगै उनले फ्रान्सेली राष्ट्रिय टोलीबाट ३ गोल पुर्याएका छन् । संयोग उनको तिनै गोल हेडरबाट भएको हो ।

फ्रान्सविरुद्धको खेल उरुग्वेका स्वारेजका लागिभने स्वागत योग्य रहेन । उनले आफ्नो प्रतिस्पर्धीको डिबक्स भित्र बल छुन समेत पाएनन् । यस्तै उनको कुनै गोल प्रयास पोस्टको दिशामा समेत जान पाएन ।

६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

फिरोजशाह कोटला मैदानमा खेलिएको उक्त खेलमा दिल्लीले रोहित शमाको कप्तानी भएको मुम्बई टीमलाई ११ रनले पराजित गरेको हो। यो हारसँगै मैजुदा विजेता मुम्बईको प्लेअफमा पुग्ने सपना चकनाचुर भएको छ भने दिल्लीसँग मुम्बईको पनि आईपीएलको यात्रा पूरा भएको छ।

२२२ मिलियन युरोमा नेइमार अनुबन्ध, विश्वमा के–के हुन सक्छ त्यति रकमले ?

ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो ।

चाईना हङकङ नेसनल तेक्वान्दो एलिएन्सद्वारा आयोजित तेक्वान्दो प्रतिष्प्रधामा फरेनर्स हङ्कङ तेक्वान्दोको उत्कृष्ट खेल प्रदर्शन!

HTML Comment Box is loading comments...

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

Review

76%

popular
76%

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *