महुलीको सडक क्षतिग्रस्त, पुलमा पनि चिरा पर्‍यो

महुलीको सडक क्षतिग्रस्त, पुलमा पनि चिरा पर्‍यो

महुलीको सडक क्षतिग्रस्त, पुलमा पनि चिरा पर्‍यो

by | २३ असार २०७५, शनिबार २०:४३ | बिषेश समाचार | 0 comments

२३ असार, सप्तरी ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइकर कृष्णासावरण गाउँपालिकास्थित महुली पुलको सडक भत्किएको छ ।

महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमपट्टीको सडक पूर्ण रुपमा भत्केको छ ।

    गत बुधबार नै सडकमा चिरा परेको थियो । चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले पुलको पश्चिमपट्टीको ५० मिटर सडक भत्किसकेको बताए ।

पश्चिमपट्टीको पुलमा समेत चिरा परेको छ । ठूलो बषर्ा भए थप सडक भत्किन सक्ने प्रहरी प्रमुख सिंहले बताए ।

सप्तरीमा दुई दिन यता बर्षा नभएपनि पहाडी जिल्लामा नियमित बषर्ा भइरहेका कारण महुली खोलामा बाढी आएको छ । बाढीका कारण सडक भत्किएको हो । महुली खोलाको पुल जिर्ण हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो स्थिति आएको स्थानीयहरुले बताएका छन्

अहिले एकतर्फी रुपमा सबारी संचालन भइरहेको छ । थप सडक भत्किए र पुल क्षतिग्रस्त भए पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुन सक्नेछन् ।

HTML Comment Box is loading comments...

१४ मिटर अग्ला छालसँगै सुपर ताइफुन माङ्कुट हङकङमा

निबार राती ठूलो क्षति नभए आइतबार क्षति पुग्न सक्ने अनुमानसहित सरकारी विभागहरु आपतकालीन उद्दारका लागि तयारी अवस्थामा रहेका छन्। सर्वसाधारणलाई घर बाहिर ननिस्कन र झ्याल ढोका बलियो गरि लगाउन अनुरोध गरिएको छ। आइतबार अपरान्ह समुद्रमा १४ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिँदै समुद्रको छेउमा नजान अनुरोध गरिएको छ।

सरकारले मौलिक हकसँग सम्बन्धी विभिन्न ३ वटा विधेयक संसदमा पेश गर्ने

बैठकले बलाधिकृत रथी पुर्णचन्द्र थापालाई आगामी भदौ २४ गते देखि लागु हुने गरी नेपाली सेनाको महारथी पदमा बढुवा गरि प्रधानसेनापति पदका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना प्रविधी तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। त्यसैगरी विश्व बैक समुहको अन्तराष्ट्रिय विकास संस्थाबाट एकिकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड १५ मिलियन डलर स्वीकार गर्ने निर्णय पनि भएको छ।

क्याबिनेट बैठक चल्दा चौतर्फी हमला ? मन्त्री परे ट्वा

वास्तविकता के हो भने, यस्तो पेपरलेस क्याबिनेट अमेरिका, बेलायत (इङ्ल्याण्ड), चीन र भारतमा पनि छैन । नसकेर त नभनौँ, तर नेपालले यस्तो अभ्यास थालेपछि विशेषतः तिनै देशका लागि सुराकी गर्नेहरुलाई समस्या परेको छ । त्यसै पनि नेपालका संवेदनशील सूचनाको बेचबिखन सिंहदरबारभित्रैबाट हुने हल्ला छ । त्यसमाथि म्याकबुकको प्रयोग हुने भएपछि मन्त्रिपरिषद्का सूचना विदेशी एजेन्सीलाई अग्रीम बुझाउने, त्यो बुझेर रिपोर्ट पेश गर्नेहरुको रुवाबासी चल्ने नै भयो । म्याकबुकको प्रयोगबाट अहिले सबभन्दा बढी धुवाँ भएका छन्, मुख्यसचिव लोकदर्शन रेग्मी ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *