तस्बिर : करन धिताल

                                                                                             तस्बिर : करन धिताल

करन धिताल
माघ ९ / सोमबार 
बुद्ध युथ क्लब पथरीको आयोजनामा पथरीशनिश्चरे नगर कप २०७३ को आइतबार भएको खेलमा वडा नं ९ विजयी भएको छ । वडा नं ९ ले वडा नं ५ लाई शुन्यको विरुद्ध २ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २९ औं मिनेटमा पाएको फ्रिकिकलाई सही सदुपयोग गर्दै वडा नं ९ का सुजन लिम्बुले गोलको खाता खोलेका थिए । यसैगरी खेलमा निक्कै राम्रो अवसरहरु प्राप्त गरेपनि वडा नं ५ ले गोल गर्नबाट चुक्यो । खेलको ४७ औं मिनेटमा सुजन लिम्बुको क्रसलाई सहज तरिकाले प्रहार गर्दै वडा नं ९ का प्रकाश धिमालले गोल गरे ।

खेलको म्यानआफ द म्याच विजेता वडा नं ९ का पहिलो गोलकर्ता सुजन लिम्बु घोषित भए । आज १० सोमबारको खेल वडा नं १ र वडा नं १३ बीच हुने आयोजकका सोनु थापाले जानकारी दिएका छन् । फोटो पनि पठाएको छ ।